२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

शिक्षक महासंघ र सरकारबीच नौ बुँदे सहमति ,सरकारको दायित्वमा ८ अर्ब थपियो


१७ बैशाख २०८२, बुधबार  


शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ।
शिक्षक माग सम्बोधन गर्ने भएपछि सहमति भएको हो।

सरकार र शिक्षकबीच ९ बुँदे सहमति भएको छ। शिक्षकका माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब रुपैयाँ दायित्व बढ्ने भएको छ ।

सरकार र शिक्षकहरुबीच भएको ९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले ८ अर्ब दायित्व बढ्ने जानकारी गराएका हुन् ।

शिक्षक र सरकारबीच भएको सहमति उनले बुधबार राति शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।


सरकारसंग सहमति भएपछि शिक्षकहरू विद्यालय फर्किने भएका छन् ।विद्यालय भर्ना,परीक्षा लगायतका नियमित काममा फर्कन महासंघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। शिक्षक आ न्दोलन गएको चैत २० देखि जारी थियोे ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ४७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित