११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच करोड सहयोग !


११ भाद्र २०८३, बिहिबार  


ग्लोबल आइएमई बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ लाई रु पाँच करोड सहयोग गर्ने घोषणा गरेको छ।
विनाशकारी बाढी र पहिरोले रसुवालगायतका क्षेत्रमा मानवीय र भौतिक क्षति पुर्याएको छ।


बैंकले बाढी प्रभावितलाई खोज, राहत र पुनर्निर्माणका लागि सामाजिक उत्तरदायित्वको रूपमा सहयोग प्रदान गरेको छ।
काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले रसुवा बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु पाँच करोड सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षति गरेको छ।

बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।

बैंकले हाल ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार  १ : ४८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित