२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

“पक्कुु” फेस्टिबल २०८१ शुरु,रैथाने परिकारको प्रर्वधन गर्दै प्रेसिडेन्ट बिजनेस ग्रुप


१७ आश्विन २०८१, बिहिबार  



पक्कु फेसिटबल २०८१ शुरु भएको छ। यही असोज १७ गतेदेखि यही असोजको २१ गतेसम्म फेस्टिबल आयोजना गरिएको हो । प्रेसिडेन्ट बिजनेस ग्रुपले महाराजगञ्जस्थित आफ्नै आउटलेटमा प्रेसिडेन्ट दशैको अवसर पनरे पक्कु फेस्टिबल २०८१ बिहीबारदेखि शुरु गरेको हो ।

नेपालीहरुको महान चाड दशैको सन्दर्भ पारेर फेस्टिबलको आयोजना गरिएको हो । फेस्टिबलमा परिवार तथा आफन्तजनसंग बसेर पक्कुको रैथाने स्वादको साथै लिङ्गे पीङको मजा पनि लिन पाइन्छ ।फेस्टिबलमा परम्परागत सीप र प्रविधिबाट बनेका कृषि तथा सीपसंग सम्बन्धित सामग्रीहरु समेत प्रदर्शनीमा राखिएको छ। फेस्टिबलमा कृषि सम्बन्धि रैथानी सामग्रीहरुमा हलो– जुवा, प्रदर्शनीमा राखिएको छ। त्यस्तै रैथानीय सीपमा उत्पादित संगीतका सामग्री मादल, बाँसुरी, सारङगी लगायतका वस्तुहरु रहेका छन्।

रैथाने परिकारसंगै रैथाने वस्तुहरुको प्रवद्र्धन गर्नका लागि पक्कु फेस्टिबल पाँच दिनसम्म सन्चालन गर्न लागिएको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यष शंकर (तुल्सीराम) भण्डारीले बताए । रैथाने खाना तथा परिकारसंगै परम्परागत कृषि उत्पादनका साधनहरुको प्रवद्र्धन तथा बजारीकरण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

विशेष गरी पक्कुको प्रवद्र्धन गर्न फेस्टिबलको आयोजना गरिएको हो । मासुको परिकारको रुपमा रहेको यस पक्कुवा रैथानी सीप र सामग्रीबाट तयार पारिन्छ। औषधीजन्य मसलाको प्रयोग गरी पित्तलको कसौडीमा पकाइने भएकोले यो निकै स्वादिस्ट र स्वस्थकर हुन्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा चरिचरण गरेका खसी – बोकाको शुद्ध मासुबाट पकाइन्छ।

बिहीबार महाराजगञ्जस्थित आउटलेमा आयोजित फेस्टिबलले रैथाने परिकार र उत्पादनलाई प्रचार प्रसारमा ल्याउन निकै मद्दत गरेको हस्पिटालिटी क्षेत्रका विज्ञ तथा मास्टर सेफ गोबिन्द नसिङ केसीले बताए । हस्पिटालिटी विज्ञ केसी भन्छन्, “पक्कु नेपालकै रैथाने परिकार हो, यससंग हाम्रो संस्कृति र पहिचान पनि जोडिएको छ। त्यसकारण यसको राष्ट्रिय र अन्तर्राट्रिय रुपमा प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई पुराउन आवस्यक छ। स्वदेशी सीप र स्वदेशी परिकारको प्रवद्र्धन गर्न सकेमा मात्रै पर्यटनको विकास र विस्तार हुने भएकोले फेस्टिबल एउटा कोशेढुंगाको रुपमा सावित हुनेछ ।”

त्यसैगरी पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले यस्ता फेस्टिबले रैथाने सीप र परिकारको उजागर गर्ने बताए । उनले निजी क्षेत्रको पहलमा भएको यस्ता कार्यक्रमले नेपालको पवर्यटन क्षेत्रमा योगदान पुग्ने बताए । कायंक्रममा नेपाल उद्योग व्यापार महासंघ अध्यक्ष खिमलाल भण्डारीले पर्यटन क्षेत्रको विकासको लागि यो पहल निकै सकारात्मक भएको चर्चा गरेका थिए। कार्यक्रममा भ्वाइस अफ द सेफ विक्रम गिरी, होटेल व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, होटेल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, र पर्यटन पत्रकार महासंघका अध्यक्ष डीआर न्यौपानेको उपस्थिति रहेको थियो ।

बिजनेस ग्रुपले सबै पाहुनाहरुलाई मायाको चिनोसहित खादा ओढाएर सम्मान गरेको थियो । कार्र्यक्रमको उदघाटन मास्टर सेफ केसी, जर्मन नागरिक टबियास पन्टेल र सितल मास्केले गरेका थिए ।कार्र्यक्रमको उदघाटन मास्टर सेफ केसी, जर्मन नागरिक टबियास पन्टेल र सितल मास्केले गरेका थिए ।कार्यक्रमको बीट बिजनेस ग्रुपका मेनेजर समीर लामाले मारेका थिए, उनले रैथाने परिरकारको प्रवर्द्धनमा सबै साथको खाँचो रहेको बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : ४८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित