१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्री ओली भन्छन्– ‘भ्रष्टाचारको कुनै पनि घटनालाई स्वीकार्न सकिन्नँ’


८ श्रावण २०८२, बुधबार  



बुधबार संसदको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि भ्रष्टाचारका घटना स्वीकार्नं नसकिने बताएका छन्।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै कुनै पनि भ्रष्टाचार क्षम्य नहुने बताएका हुन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने अठोटमा आफू प्रतिवद्ध रहेको दाबी गरे । ‘तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन सकिँदैन’, उनले भने, ‘कसैले आरोप लगाएकै आधारमा कारबाही गर्न भने सकिँदैन ।’

उनले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सरकारले प्राथमिकता दिएको बताएका छन् ।उनले सरकारले वि.सं.२०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि उनले बताए ।

नेपालको विकासका प्रमुख क्षेत्रहरू कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको पनि बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ३ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित