११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओली झनै महाशक्तिशाली ; तीन गुणा बढी मतले विजयी !


३ पुस २०८२, बिहिबार  


११ औ महाधिवेशनले पनि ओलीलाई पुनः पार्टीको कमाण्डरमा अनुमोदन ग¥यो । उनका प्रतिद्वन्द्वी इश्वर भन्दा तीन गुणा बढी महाधिवेशन प्रतिनिधिको मतले ओलीलाई पुनः अध्यक्षमा अनुमोदन गरेको हो । सर्वाधिक चासोको रुपमा हेरिएको एमाले भित्रको हस्तिनापुरको नतिजा अन्ततः बिहीबार दिउँसो सार्वजनिक भएको हो ।

ओलीको एकछत्र राजलाई चुनौति दिदै नयाँ नेतृत्वको लागि महाभिडन्तमा उत्रिएका इश्वरहरुलाई महाधिवेशन प्रतिनिधिको इश्वरीय ब्रम्हले भने चिन्न सकेन । १६ सय ३३ जना महाधिवेशन प्रतिनिधिले एमालेको नेतृत्वमा अझै ओलीकै खाँचो छ भन्ने आफ्नो मतबाट अभिव्यक्त गरे । ओलीले इश्वर पोखरेललाई तीन गुणा बढी मतान्तरले पराजित मात्रे गरेनन् गोकर्ण विष्ट र योगेश भट्टराई बाहेक सबै पदाधिकारीमा ओली प्यानले कब्जा ग¥यो ।

माओवादीबाट गएका रामबहादुर थापा र लेखराज भट्टले वर्षाैदेखि एमालेभित्र हाड छाला घोडेर जिवन विताएकाहरुलाई ठूलो मतान्तरले पराजित गरे । पदाधिकारीमा उपमहासचिव बाहेक सबै पदमा ओली समूहले बाजी मारेको हो । दर्शाै महाधिवेशनमा भीम रावललाई बगरको माछो झै पछारेका ओलीले ११ औ महाधिवेशनमा ओलीसंगै सिंगौरी खेल्ने इश्वरलाई पनि घायलै बनाइदिए । २०७१ बैशाखमा काठमाडौमा भएको एमालेको नवौ महाधिवेशनबाट ओली पहिलो पटक अध्यक्ष पदमा निर्वाचित भएका थिए । लामो समय माधव र झलनाथ खनालको पेलानमा परेका ओलीले नर्वाै महाधिवेशनमा माधव नेपाललाई ४५ मतको अन्तरले पराजित गरेका थिए ।

पहिलो संविधानसभाको वरिपरी किनाराकृत भएका ओली नवौ महाधिवेशनबाट पार्टी अध्यक्ष भएपछि उनी निरन्तर दोहोरिदै आएका मात्रै छैनन् । सत्ता राजनीतिमा पनि निरन्तर छन् ।२०७८ मा चितवनमा सम्पन्न १० महाधिवेशनमा भीम रावललाई ठूलो मतले पराजित गरेर अध्यक्ष भएका ओली गएको दश वर्षमा उनी ६५ महिना यो देशको कार्यकारी प्रधानमन्त्री भए । गएको भदौ २३ र २४ को जेनजी विद्रोहबाट सत्ताच्यूत भएका उनीमाथि नेतृत्व छोड्न चौतर्फी दबाब थियो । तर, उनले कार्यकाल नसकिदै ११ औ महाधिवेशन गरेर ओलीको नेतृत्व अझै खाँचो छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिको मतबाट सिद्ध गरे ।

नवौ महाधिवेशनदेखि ११ औ महाधिवेशनको करिब १२ वर्षमा उनलाई पछि फर्कन परेको छैन ल। पार्टी नेतृत्वमा आएपछि उनलाई फर्केर पछि हेर्नु नपरेको हो । आफ्ना निकटलाई सधै संरक्षण गर्ने र प्रशंसामा रमाउने ओली ११ औ महाधिवशेनपछि झनै महाशक्तिशाली भएका छन् । हिजो ओलीलाई सघाउने इश्वर पोखरेल, गोकुल बास्कोटा, गोपालमान श्रेष्ठ लगायतका धेरै नेताहरु विपक्षमा उभिँदा पनि ओलीको पार्टी भित्रको प्रभावमा खासै कमी देखिएन । बरु उनी थप महाशक्तिशाली हुँदै गएको देखिन्छ ।

उनका प्यानलबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, विष्णु पौडेल र रघुजी पन्त विजयी भएका छन्, भने महासचिवमा शंकर पोखरेल २२९ मतान्तरले विजयी भए । त्यसैगरी ओली समूहबाट उपमहासचिवमा लेखराज भट्ट र रघुवीर महासेठले जित हासिल गर्दा इश्वर प्यानलबाट योगेशले बाजी मारेका छन् । १९ पदाधिकारीमा ९ जना सचिव रहेको एमालेमा ओली समूहले सचिव पदमा क्लीन स्वीप गरेको छ ।

११ औ महाधिवेशनमा सहकर्मी र सारथिहरुले ओलीको साथ छोडे पनि उनको पार्टीभित्रको प्रभावमा निकै गहिरो भएको देखिन्छ । ११ औ महाधिवेशनको मतादेशले आली कमजोर होइन, झनै महाशक्तिशाली भएको प्रष्ट हुन्छ । यति मात्रै होइन, यस नतिजाले ओली एमालेभित्र फेरि निर्विकल्प नेताको रुपमा स्थापित भएका छन् । भने ओलीलाई अब सत्ता राजनीतिमा फर्कन सिंगो एमालेले अनुमोदन गरेको छ । ओलीको विजयीले सत्ता राजनीतिमा ओली फर्कने मात्रै होइन, हिजो जेनजीको नाममा पर्दामा देखिएका पात्रहरु पनि निशाना नबन्लान् भन्न यसै सकिन्न की ? ००००

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ४ : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित