३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

नागार्जुनका मेयर बस्नेत र माउन्टेन टेलिभिजन सञ्चालक कँडेल सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


१७ असार २०८२, मंगलबार  


भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको विशेष अदालतले सोमबार सजाय निर्धारण गरेको छ ।

कुल १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर भएका बस्नेतलाई तीन वर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिबाना हुने फैसला भएको छ ।

उता, ९ करोड २२ लाख ४६ हजार भ्रष्टाचार ठहरमा भने घुस दिने माउन्टेन टेलिभिजनका समेत सञ्चालक रहेका राजु कँडेलको पद्मा कोलोनी प्रा।लि। र पद्मा मर्चेन्ट प्रा।लि।सहितलाई दोषी ठहर गरेको छ । बस्नेत र तीन कम्पनी सञ्चालक कँडेललाई जनही आठ वर्ष कैद तोकिएको छ ।

यस्तै, भ्रष्टाचार भएको रकम भने प्राकृतिक र कानुनी व्यक्ति ९दुई कम्पनी०बाट दामासाहीले हुने दुई करोड ३० लाख ६१ हजारका दरले असुल उपर हुने फैसला भएको छ ।

उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यही असार ६ गते फैसला गरेको थियो । सजाय भने सोमबार निर्धारण भएको हो ।

मोहनबहादुरलाई नगरप्रमुखको जिम्मेवारीमै रहेर भ्रष्टाचार गरेवापत थप तीन महिना कैद तोकिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ उनलाई थप तीन महिना १८ दिन कैद र दुई करोड ६५ लाख ५४ हजार जरिबाना तोकिएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित