सरकारले तत्काल इम्बोष्ड नम्बर प्लेट जडान स्थगित गर्न एमाले सांसद सुहाङ नेम्वाङले माग गरेका छन् ।बु
धबार संसदको बैठकलाई संसद सम्बोधन गर्दै भाषा र भावना विपरित यस्तो कार्य नगर्न सरकारलाई आग्रह गरेका हुन्।
त्यस्तै कांग्रेस सांसद सरस्वती बजमेयीले पनि इम्बोष्ड नम्बर जडानका नाममा जनतालाई दुख नदिन आग्रह गरिन्। सडक ,लाईसेन्स लगायतका सेवा तथा पूर्वाधारको राम्रो व्यवस्था नभइ हतारमा नगर्न उनले आग्रह गरेकी हुन्।
यश विषयमा धेरै निकाय वा संस्थाले विरोध गर्दै आ एका छन् । भाषा आयोगले पनि सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अंग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।
संविधानले नचिनेको भाषा र लिपिमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।
सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ ।
भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको यही भदौ १ को निर्णयअनुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा गोपाल ठाकुरले जानकारी दिए ।







