एमाले लोकपृय नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन्।
घिमिरेले मंगलबार राति सामाजिक सञजााल फेसबुकमार्फत आफू पार्टीको जिम्मेवारीबाट अलग भएको सार्वजनिक गर्दै पुराना दलहरूले जनताको इच्छा सम्बोधन नगरेकोले अलग भएको घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू पुस १५ गतेको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको सञ्जालमार्फत बताएका हुन् ।
घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन्। यही कारणले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।
‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’ उनले लेखेका छन् ।
यद्यपि एमाले भित्र छोड्नेहरूको लर्को छ। मुख्य कुरा पार्टी अध्यक्ष ओलीको कार्यशैली हो।
नेता घिमिरे एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार थिए।
तर रूपन्देहीकै भूगोलका उपाध्यक्ष विष्णु पौडेलले उनलाई टिकट दिन सकेनन् । एमाले केन्द्रीय सदस्यमा रोकिएपछि उनी असन्तुष्ट थिए उनले उपाध्यक्ष पौडेललाई भेटेर आफ्नो असन्तुष्टि पोखेका थिए । उपाध्यक्ष पौडेलले उनीसँग माफी मागेर फागुन २१ को निर्वाचनमा टिकट दिलाइदिने आश्वासन दिएका थिए । तर, ओलीको अपमानले एमालेमा बस्न नसक्ने भन्दै घिमिरेले संकेत दिएका थिए।
२०७९ सालमा रूपन्देही क्षेत्र नं।५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। लोकपृय मेयरको रूपमा चर्चित घिमिरेले एमाले छोडेका छन् ।कांग्रेस भरत शाहलाई २०७९ को निर्वाचनमा पराजित गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने भएका छन् ।








