संस्कृति समाजको जननी हो, साहित्य संस्कृतिको कहानी हो। जबसम्म संस्कृति रहन्छ तबसम्म समाज जिवन्त रहन्छ। आज संसारभर संस्कृतिको रक्षाका लागि संघर्ष,युद्ध र लडाइँ भइरहेका छन् ।किनकि संस्कृति मानव समाजको अस्तित्वको अस्त्र हो, पहिचान हो।
यहि वास्तविकतालाई बुझेर शक्ति राष्ट्रहरूले हरेक देशको संस्कृतिमाथि निशाना बनाउँछन्। समाजको ब्रेन वास गर्न सकेमा आफू अनुकूल राजनीति र समाज व्यवस्थाको माईक्रो मेनेजमेन्टमा खेल्न सकिन्छ भन्नेमा उनीहरू प्रष्ट छन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति केनेठीले अमेरिकी सेना नपुग्ने स्थानमा युएस एड पुग्नेछ भनेका थिए। त्यही अनुरूप विश्वका १७६ बढी देशमा युएसएड मार्फत अमेरिकी प्रत्यक्ष प्रभाव र दबाब छ। यद्यपि पछिल्लो समय अमेरिकी सत्तामा ट्रम्प आएपछि यश संस्थालाई फ्रड र भ्रष्टहरूको संज्ञा दिएका छन् । उनले यति मात्रै गरेनन् युएस एड मार्फत नेपाल जस्ता देशमा पुगेको डलरको विवरण पनि सार्वजनिक गरिदिए। नेपालको धर्म संस्कृति सिध्याउने उदेश्यको खुलासा मात्रै भएन उनीहरूको स्वार्थका लागि सनातन धर्म र संस्कृति मास्ने नेपाली एजेन्टहरूको वास्तविक चेहरा पनि उघारियो। आफूलाई अब्बल लेखक, पत्रकार र कलाकार भन्नेहरू एकाएक निश्वर्त्र भए।
यद्यपि नेपालमा धर्मान्तरणको कुरा अहिलेको मात्रै भने होईन। पश्चिमाहरूले ४ सय वर्ष अघिदेखि नेपालमा प्रभावमा कोशीस गर्दै आएका थिए र छन् । नेपाल जस्तो बहुल समाजलाई प्रयोजनगर्न सकिनेमा उनीहरू ढुक्क देखिन्छन् । सेलिब्रेटीदेखिएनजीओ खेलाडी मार्फत समाज भाँडन मानिसहरू दिमाग भुट्न किन्छ भन्ने कुराको ज्ञान उनीहरूमा राम्रो छ। विशेषगरी नेपालमा धर्मान्तरणको कोशीस पहिल्यैदेखि भएपनि उनीहरू पृथ्वीनारायण शाहको साम्राज्यवादी नीति विरोधी रणनीति पछि झनै चिढिएका हुन् उनीहरू । फरक यति हो कि ,उनीहरू कुनै न कुनै रूप र एजेन्टको प्रयोग गरेर उदेश्यमा केन्द्रित रहदै आएका छन् ।
उनीहरूका लागि नेपालको इतिहासमा यहाँको सत्ता र समाजमा दक्खल राख्ने अनुकूल समय भने विशेषगरी २०६२र६३ को दोश्रो जन आन्दोलनपछि बन्यो।माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने बाहनामा संविधानमा संघीयता र धर्म निरपेक्षता घुसाइयो।जुन आन्दोलनको मागै थिएन। अमेरिकी युरोपेली मिसन अनुसार संविधानमै धर्म निरपेक्ष लिपिवद्ध् गरिएपछि उनीहरूको धर्मान्तरणको धन्दा थप मौलायो। त्यसका लागि लगानी पनि बढाईयो। जनचेतनाको आवरणमा मह जोडीमार्फत हिन्दु परम्परागत काजकिरियालाई बदनाम गर्न टेलिसिरियल बनाईए ।आमनागरिकले थाहा नपाउने गरि विश्वकपदेखि सिनेमा हलसम्म कोकाकोलाको विज्ञापन झै गरिएको दाबी गर्दै माजिक सञ्जालमा लेख्छन् ,मोहन लामा रूम्बा। उनका अनुसार सर्वसाधारणले प्रचार सामग्री भने अनि पचाइरहे सहजै ।मिशनरीहरूले त्यही अनुसार सामान्यीकरण गरेर असमान्य उदेश्य पूरा गरिरहे।
इतिहासलाई बंग्याएर कनकमणी दीक्षितहरूले ईतिहासका बनिबनाउ कथा लेखे। उनले सगरमाथा घुमाउरो पाराले नेपालको नभएको भन्ने कुरा पुस्तक लेखे,लुम्बिनी नेपालमै नभए भाष्य बनाएर साच्चिकै जस्तो लेखनी गरे। आफूलाई प्रकाण्ड विद्वान ठान्ने यो समूहमा कृष्ण धारावासी,युग पाठक,अमर न्यौपाने,नारायण वाग्ले दिलभुषण पाठक , आहुतिर खगेन्द्र संग्रोला लगायतका मानिसहरू छन् । जसले विदेशी अनुदान लिएर लेखेको स्वीकारेका छन् ।
साहित्य लेखेर देशका लागि योगदान गरेको दाबी समेत छ,उनीहरूको। एक जना अनलाइनका सञ्चालकले त सम्पादकीय लेखी सके यी विदेशी अनुदानमा लेख्नहरूको पक्षपोषण गर्दै । उनले उनको एकांगी सम्पादकीयमा यतिसम्म भन्न भ्याएका छन् कि यी विद्वानहरूकै कारण यो देशमा गणतन्त्र सम्भव भएको हो।तर, सम्पादकीयमा ९९ प्रतिशत गाली गलौज छ।यद्यपि गालीगलौज आफैमा गलत हो।तर,विदेशी हण्डी खाएर देशमा परिवर्तन ल्याएको भन्ने यस्ता बेतुक र भ्रामक कुरा जनताले पत्याउन्नन् अब।यति कुरा पनि हेक्का नहुने सम्पादकको हुति पनि थप छर्लंग भयो ।
युएस- एडको सहयोगमा केही सकारात्मक कामहरू पनि भए त्यसलाई नकार्न भने सकिन्न ।तर,संस्कृति,भाषा र साहित्यमाथि यस्तै पात्रलाई औजार बनाएर उदेश्य पूरा गरियो। अंग्रेजी नपढे समाजमा बाँच्न नसकिने सामाजिक मनोविज्ञान निर्माण गरियो।
भाषा अतिक्रमणका कारण नेपाली ठेट शब्द लोप हुँदै गए।यतिसम्म कि अब नयाँ पुस्ताले बा- आमा भन्ने शब्द थाहा पाउन छोड्यो।दूध कसले दिन्छ भन्दा ट्याँकरले भन्ने भयो। दशैतिहार भन्दा क्रिशमस र भ्यालेन्टाईन डेलाई महत्त्व दिन थाल्यो।रैथाने रोटी भातको साटो पिज्जा र केकलाई प्राथिकता दिन थाल्यो।
दौरासुुरूवाललाई पाखण्डता भन्न थाल्यो,टाईसुटलाई गौरव ठान्न थाल्यो। जबकि केक र पिजा पश्चिमी समाजमा मजदुरहरूले उपभोग गर्ने सस्तो परिकार हो।पाउरोटी र ब्रेड अमेरिकनहरूले अमेरिका निर्माणको भियानमा विकास गरे। टाई फ्रान्सबाट विकास भयो। औद्योगिकीकरणको बेला मालिकलाई भेट्न जाँदा मजदुरले पसिना छोप्न प्रयोग गर्न थालिएको इतिहास छ, भन्छन् समाजशास्त्रका जानकार विश्वभक्त दुलाल(आहुति)।
हामीलाई साडी चोलो दासताको प्रतिक भनेर पढाइयो। मिनि स्कटलाई आधुनिक पढेर सिकाइयो।यति मात्रै होईन।हाम्रा पाठ्यपुस्तकमा समेत भगवान गौतम बुद्धलाई एशियाका तारा भनियो,जिसस क्राईस्टलाई सृष्टिकर्ता भनियो। जबकि गौतम बुद्ध २६ सय वर्ष पहिले ज्ञान बाँडेका थिए।क्राईस्ट २ ०००वर्ष पछि आए । हाम्रो वेद १० हजार वर्ष पहिले लेखियो।ऋग्दवेद पहिलो लिखत साहित्य हो।जो संस्कृत भाषामा लेखिएको बताउँछन् भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुर । संस्कृति भाषा भाषाहरूको जननी हो। तर, संस्कृत होईन भन्दै तर्क पनि गरिन्छ ।
जबकि रोम शहरमा प्राचीन धाराहरू छन् ।जसलाई नासा भनिदो रहिछ भनेर नारायण गाउँलेले सामाजिक सञ्जालमा लेखेका छन् ।नासाको अर्थ नाक जस्तो भन्ने अर्थ लाग्ने उनी बताउँछन् ।यसैबाट पनि थाहा लाग्छकी रोम सभ्यतामा समेत संस्कृत भाषाको प्रभाव रहेछ।