२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

वीरगञ्ज सुक्खा बन्दरगाहमा घट्याे,राजश्व संकलन !


२ मंसिर २०८१, आइतबार  



देशकै प्रमुख आर्थिक नाका हाे,वीरगन्ज सुक्खा बन्दरगाह। जहाँबाट करिब ६० प्रतिशत भन्सार राजश्व संकलन हुने गर्दछ।तर, देशकै मुख्य ‘आर्थिक जाेन ‘ भएपनि यश वर्ष भने भन्सार राजश्व संकलनमा कमी आएकाे छ।


वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको हो।

चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको कार्यालयले जनाएको छ । 

चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले गएकाे आर्थिक वर्षको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : ५४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित