जहाँनिया राणा शासन विरू्दध लडिएको संघर्षको उपलब्धि हो, फागुन ७ को प्रजातन्त्र दिवस। संसार भर स्वतन्त्रता र स्वाधीनताको लडाइँ भइरहेको बेलामा नेपालमा पनि प्रजातन्त्रका लागि नेपाली युवाहरूले बलिदान गरे।
प्रजातन्त्र र राजतन्त्र विल्कुल विपरीत विषय हुन्। प्रजातन्त्रमा राजतन्त्रको कुनै पनि अवशेष हुनु हुन्न।विडम्बना नेपालमा हामीले करिब करिब ६० वर्ष यस्तै शासकीय नियति बेहोर्यौ ।२०६२र६३ को विद्रोहले शाही सत्ताको समूल अन्त्य गरेको पनि १६ वर्ष भो। तर, लोकतन्त्रको शरिरमा जन्मिएका नयाँ राजा रजौटाहरूले शासन सत्ता चलाइरहेका छन् ।
उनका दल र कार्कर्ता बाहेक कसैको जीवनमा प्रजातन्त्र होस् या लोकतन्त्रको उज्यालो घाम लागेका छैन। २०४६ साल यता यी मानिसहरूको जीवनमा अभूतपूर्व परिवर्तन आएपनि जनताको स्थिति बेहाल छ।भ्रष्टाचार ,कुशासन र बेथितिका खबरले हर दिन अखबार र अनलाइन रंगिन्छन्। शासकहरूले आफ्नो गीत गाईरहेका छन् ।जनता मर्न विवश छन् ।
यो देशमा सरकार छ या छैन। कतै पनि नागरिकले अनुभुति गर्न पाएका छैनन् । ओली देउवा र प्रचण्डको दाईजो जस्तै छ, यो राज्य ।उनीहरू देश र जनता अनुकूल होईन । आफू र आफ्ना अनुकूल सत्तामा रजाइँ गरिरहेका छन् । यस्तो रजाइँ गर्न थालेको ३५ वर्ष भैस्क्यो। जनताले जति विश्वास गरे।उति यीनीहरूले देश र जनतालाई धोका दिए।संघीयताको नाममा देश कंगाल बन्दै गएको छ।
संघीय शासन अघि ८ खर्ब सार्वजनिक ऋण यतिबेला २६ खर्ब पुगेको छ।यो कहालीलाग्दो अवस्थाका मुख्य कारक यीनैहरू हुन्। जो राजनीतिमा छिर्दा चप्पल लगाएका थिए,अहिले १ लाखको जुत्ता तीन लाखको चश्मा लगाउँछन् ।हर दिन जनता नर्ककै जीवन जिउन विवश छन् ।तर, यी सत्ताका मुखियाहरूको जिन्दगी स्वर्ग भन्दा बढी छ।
स्वर्गीय जनगायक जेबी टुहुरेले भने जस्तै यो देश मुठ्ठीभरका लागि स्वर्ग छ,लाखौंको लागि उजाड छ। उजाड बनाईएको यो देशमा प्रजातन्त्र दिवस किन मनाउनु रु जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार सीमित ठालूहरूले उपयोग गरिरहेका छन् । जबसम्म यी राष्ट्रिय धमिराहरू देश लुट्ने संयन्त्रको अन्त्य हुदैन ।तबसम्म प्रजातन्त्र दिवस मनाउनुको के अर्थ होला ?
संविधान कानुन सबै सबै यीनीहरूकै मुठ्ठीमा छन् । सत्तामाथि प्रश्न गरे, औलो काटिदिन्छन्। अध्यादेशबाट राजकाज चलाउँछन् ।निरंकुशता र ज्यादती सीमा नाघेको बेला प्रजातन्त्र दिवस आ फैमा अधुरो हुन्छ र हुनेछ ।जब यो देशमा भ्रष्टहरूको समूल अन्त्य भइ विधिको शासनले राज गर्न थाल्छ तब मनाउला धुमधामले प्रजातन्त्र दिवस ।