विश्व अर्थराजनीतिमा ट्रम्म दम्भी,अहंकारी र सनक शासक मात्रै होईन। परिस्थितिलाई छिट्टै मूल्यांकन गरेर निर्णयमा पुग्न सक्ने पात्रको रूपमा पनि हेरिन्छ ।
रूस युक्रेन युद्धलाई शान्तिपूर्ण अवतरणमा लागेको ट्रम्पले एक रातमै भारत पाकिस्तानको युद्धलाई पनि युद्ध विराममा बदलेका थिए। मारामारको अवस्थामा पुगेका यी देश युद्ध विराम गर्न भारत पाकिस्तान सहमत भए ।
इजरायल र प्यालेस्टाइनबीचको युद्धमा पनि उनको ठूलो चलाखी देखिन्छ । त्यसैको पछिल्लो संस्करण इजरायल इरानबीचको युद्ध पनि दुई साता नपुग्दै उनले युद्ध रोक्न सहमत गराए। नेपाली समय अनुसार मंगलबार बिहानै उनले इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको बताएका छन्।
नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
ट्रम्पले बन्दी फुकुवाबाट युद्ध विरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने उल्लेख गरेका छन्।
इरान र इजरायलले भने युद्ध विराम भएको कुराको पुष्टि गरेका छैनन्।यी दुबै देशले आ धिकारिक धारणा सार्वजनिक गरेका छैनन् । इजरायल अमेरिकी ५१ राज्य जस्तै हो।उसले अमेरिकी नीति पछ्याउँछ।ट्रम्पको निर्णयमा उसको खासै विमति हुन्न।
राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्ध विराम भएको बताएका छन्।अमेरिकी दाबी जे जस्तो गरिए पनि इरानले तेल ढुवानीका मार्ग बन्द गर्नेदेखि अमेरिकी बेस क्याम्पमा मिसाइल हमलाले युद्ध विरामको वातावरण बनेको देखिन्छ ।








