तिलगंगा आँखा प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग गरेको छ । रसुवा बाढी पीडितको राहतका लागि तिलगंगासहितले यो रकम सहयोग गरेका हाे ।
तिलगंगा आँखा प्रतिष्ठानबाट रु १ करोड १ लाख १ रुपियाँ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक ८ लाख ५१ हजार ३५१ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको छ। त्यसैगरी प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाको तर्फबाट २१ लाख ८१ हजार २ सय रुपियाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले माननीय अर्थमन्त्री श्री स्वर्णिम वाग्लेलाई यस रकमको चेक हस्तान्तरण गरेका थिए ।








