२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

चीन र नेपालबीच ९ बुँदे सहमति


१८ मंसिर २०८१, मंगलबार  


नेपाल र चीनबीच ९ बुँदे सहमति भएको छ । मंगलबार दुई देशबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत सहयोग र सहकार्यका विषयहरु रहेको भ्रमण मण्डलले जनाएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चिन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे चीन प्रस्थान गरेको थिाये । प्रधानमन्त्रीले ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गर्ने तालिका छ ।

यी हुन् सहमतिका ९ बुँदाहरू :

टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान

नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान

९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान

भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर

विकास योजनासम्बन्धी समझदारीपत्र

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र

नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र

नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी)बीच सम्झौता ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ५६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित