२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

माओवादी नेता गजुरेल भन्छन् , ‘प्रतिनिधि सभा विघटन परिस्थितिका कारण स्वभाविक’


२८ भाद्र २०८२, शनिबार  


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले अप्ठ्यारो परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभाकाे विघटन स्वभाविक भएको बताएका छन् ।

उनले प्रतिनिधि सभा विघटन आवश्यक थियोे भन्ने कुरा जनताले अनुभव गरिरहेका पनि बताए । उनले भने, ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यसको विकल्प थिएन।’


पूर्व मन्त्री समेत रहेका गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर संकटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अडान र साहसका प्रशंसा गरका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलकाे बुद्धिमता कारण जेनजी आन्दोलन सुरक्षित रूपमा अवतरण भएको को बताए । संकटबाट मुलुकलाई राष्ट्रपति पार लगाएको भन्दै उनले राष्ट्रपति धन्यवाद दिए ।

यद्यपि माओवादी केन्द्रले भने संवैधानिक व्यवस्था विपरीत विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । गजुरेल भने विघटनको पक्षमा उभिएका हुन् ।

गजुरेलको भनाइले क्रमशः मुख्य दलहरू निर्वाचनतिर जाने संकेत देखिन्छ । आफैले स्थापना गरेको गणतान्त्रिक व्यवस्थाको निर्वाचनबाट भाग्न दलहरूलाई छुट पनि छैन।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ५६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित