१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

सुदूरमा लटरम्मै स्याउ !


४ श्रावण २०८१, शुक्रबार  


यो धर्तीमा पसिनाका मोती चुहाए, सुनका दाना फल्छ, त्यसको ज्वलन्त उदाहरण हो, सुदूरका किसानहरुको बगैचामा लटरम्मै फलेका स्याउका दानाहरुको एक दृष्तान्त । सुदूरपश्चिम प्रदेशको दार्चुला र बाजुरामा कर्णालीको जुम्ला भन्दा कम छैन स्याउ फलेको । कृषि ज्ञानकेन्द्रका अनुसार दार्चुलामा सवा १ लाख भन्दा बढी स्याउका बोटहरु रहेका छन्। करिब ७० प्रतिशत बोटहरुमा रहरलाग्दो गरी स्याउका दाना झुमेका छन्। यस्तै बाजुरामा पनि १ लाख भन्दा बढी स्याउका बोटहरु रहेका छन्। यी सेवाका बोटबाट आउँदो असोसको पहिलो हप्ताभित्र टिपिसकिनेछ ।

यी दुबै जिल्लाबाट करिब एक हजार मेटिक टन स्याउ फल्ने आंकलन गरिएको छ। तर, स्याउ उत्पादनमा उत्साह देखिएपनि यसको बजारको पिरलो किसानलाई भएको रास्वपाका नेता राजेन्द्र पन्त बताउँछन्,, सामाजिक सञ्जालमा उनी लेख्छन्, भन्छ्। गरे सम्भव के हुदैन र यहाँ ? सबै साथीहरुको साथ र समर्थनले बजारको प्रबन्ध हुन सक्छ। किसानलाई हौसला र अभिप्रेरणा दिने गरी हामी सबै जुटौ । हामीलाई प्राप्त जानकारी अनुसार दार्चुलाका नौगाड पालिकामा वडा१ र २ , ब्यास पालिकाको वडा १ ,२ र ३ , मार्मा पालिकाको वडा१ र २ , अपि पालिकामा पुरै वडाहरुमा स्याउ खेती गरिएको छ। यस्तै बाजुराका स्वामिकार्तिक गाउँपालिका ,बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका खेती गरिएको हो ।

दार्चुलामा स्याउ खेती भएको ठाउबाट सडकसम्म पुग्न २ घन्टादेखि ८ घन्टासम्मको दूरीमा हिडेर जानुपर्छ , भने ब्यास पालिका दुइ वडामा भारतको बाटो भएर जानुपर्ने बाध्यता छ। सडक पूर्वाधारकै अभाव छ, यस क्षेत्रमा । सडकको पहुँच नहुँदा ग्रामीण बस्तीको उत्पादन शहरमा पुराउन गाह्रो हुने गरेको किसानहरुको दुखेसो छ। यी पालिकाहरुमा स्याउ खेतीका लागि कृषि ज्ञानकेन्द्रको उल्लेख्य भूमिका छ। स्थानीय सरकारले समेत ध्यान दिन सक्ने हो, भने दार्चुला र बाजुराका यी मोतीका दानाहरुले बजार सहजै पाउने थिए, किसानहरुले पनि पसिना मूल्य पाउने मात्रै होइन, यस क्षेत्रलाई स्याउको पकेट क्षेत्रको रुपमा प्रवद्र्धन गर्न सकिने थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित