२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सरकारी बेरूजुमा सुधार , गएको आर्थिक वर्षमा साढे २१ अर्ब बेरूजु


१६ कार्तिक २०८१, शुक्रबार  


सरकारको आन्तरिक लेखापरीक्षणका अनुसार बेरूजुमा सुधार देखिएकाे छ।महालेखा परीक्षककाे कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सरकारकाे साढे २१ अर्ब बेरुजु औल्याएको हाे ।

गएको यश आर्थिक वर्षमा सरकारले गरेको कुल २७ खर्ब २८ अर्ब ६२ करोडको कारोबारमा २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सरकारको कुल प्राप्ती १३ खर्ब ३५ अर्ब २२ करोड ७४ लाख रहेको र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख थियो । जसको ०.७९ प्रतिशत अर्थात २१ अर्ब बेरुजु देखिएको हो । 

कार्यालयले बुधवार महालेखा परीक्षकलाई केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणको बुझाएको हो । उक्त विवरणले आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु गएको आर्थिक वर्षको तुलनामा ५ अर्ब ६० करोेडले घटेको देखाएको हो । गएकाे आ र्थिक वर्षमा यस्तो बेरुजु २७ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको थियो । 

कार्यालयका अनुसार उक्त आवमा नियमित गर्नुपर्ने बेरुजु ९ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु १ अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : ५७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित