२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पार्टी खोलेको दुई महिनामै तमिलनाडुमा अभिनेता विजयको पार्टीलाई अत्यधिक मत !


२१ बैशाख २०८३, सोमबार  


भारतको तमिलनाडु विधानसभा निर्वाचनको पछिल्लो नतिजा अनुसार अभिनेता थलापति विजय नेतृत्वको तमिलगा वेत्रि कझगम ८३ सिटमा अगाडि छ । अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम ५४ सिटमा र द्रविड मुनेत्र कझगम ३४ सिटमा अग्रता कायम गरेको छ ।


पार्टी खालेको दुई महिनापछि भएको निर्वाचनमा अभिनेता विजय मुख्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् । विशेष गरी एशियाली मुलुकहरुमा युवाहरुले नेतृत्व गरेको शक्तिको छोटो समयमै अभूतपूर्व चुनावी विजय हासिल गरेको नेपालपछि भारतको तमिलनाडु अर्काे हो । नेपालमा घण्टी बज्दा भारतको तमिलनाडुमा सिठ्ठी बजेको हो ।


भारतको तमिलनाडु विधानसभा निर्वाचनको नतिजा आउन अझै बाँकी छ । तर, त्यसअघि नै प्रतिस्पर्धा रोचक देखिएको छ । अप्रिल २३ मा सम्पन्न मतदानमा ८४.६९ प्रतिशत मत खसेको थियो,। जुन उच्च सहभागिता मानिएको छ ।

विजय स्वयं पेरम्बुर र तिरुचिरापल्ली पूर्व क्षेत्रमा अगाडि छन् । मुख्यमन्त्री एम। के। स्टालिन आफ्नै बलियो क्षेत्र कोलाथुरमा पछाडि परेका छन्, जहाँ तमिलगा वेत्रि कझगमका वी। एस। बाबु अगाडि छन् । उपमुख्यमन्त्री उदयनिधि स्टालिन पनि चेपौक(थिरुवल्लिकेनी क्षेत्रमा पछाडि छन् । स्टालिन मन्त्रिपरिषद्का १४ मन्त्री पनि हाल पछाडि देखिएका छन् ।

अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगमका नेता तथा पूर्व मुख्यमन्त्री एडप्पडी के। पलानीस्वामी एडप्पडी क्षेत्रबाट अगाडि छन् । त्यस्तै ओ। पन्नीरसेल्भम बोडिनायक्कनूर क्षेत्रमा अग्रता लिइरहेका छन् ।

हाल तमिलगा वेत्रि कझगम ५८ सिटमा अगाडि देखिएको छ । यदि यही रुझान कायम रहेमा, उक्त दल राज्यको प्रमुख प्रतिपक्षका रूपमा उदाउने संकेत देखिएको छ ।

यो निर्वाचनमा एकातिर पाँच वर्षे शासनको आधारमा दोस्रो कार्यकाल खोजिरहेका मुख्यमन्त्री स्टालिन छन् भने अर्कोतर्फ पहिलोपटक राजनीतिमा आएको विजय नेतृत्वको दलले सबै २३४ सिटमा एक्लै प्रतिस्पर्धा गरेको छ ।महत्वपूर्ण मानिएका क्षेत्रहरूमा कोलाथुर, चेपौक(थिरुवल्लिकेनी, पेरम्बुर, तिरुचिरापल्ली पूर्व, बोडिनायक्कनूर, माइलापुर र सत्तुर रहेका छन् ।

अधिकांश एग्जिट पोलले द्रविड मुनेत्र कझगमलाई सहज बहुमत आउने अनुमान गरेका छन् । केही सर्वेक्षण फरक देखिएका छन् । इन्डिया टुडे(एक्सिस माई इन्डियाले तमिलगा वेत्रि कझगमलाई ९८ देखि १२० सिटसम्म दिने अनुमान गर्दै त्रिपक्षीय कडा प्रतिस्पर्धाको संकेत गरेको छ ।

टाइम्स नाउ(जेभीसीले अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम र उसका सहयोगीलाई १२८ देखि १४७ सिट आउने प्रक्षेपण गरेको छ । एक्सिस माई इन्डियाको सर्वेक्षणमा ३७ प्रतिशत मतदाताले विजयलाई मुख्यमन्त्रीका रूपमा देख्न चाहेको बताएका छन्, जसले यो चुनावलाई अझ चासोको विषय बनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित