२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सिरिचौर खानेपानी समितिको अध्यक्षमा तुला गिरी सर्वसम्मत !


२० बैशाख २०८३, आइतबार  


दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनः तुला गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको छैटौं वार्षिक साधारणसभा तथा अधिवेशनमा सर्वसम्मतमा नयाँ कार्यसमिति अध्यक्ष निर्वाचित भएका हुन्।


अधिवेशनबाट तुला गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। चयन भएका पदाधिकारी तथा सदस्यहरूमा अध्यक्ष तुला गिरी,उपाध्यक्षलक्ष्मी पोखरेल,सचिव सन्तोष अधिकारी, कोषाध्यक्षस् लुमबहादुर केसी र सदस्यहरूमा क्रमशः रुद्रमणि शर्मा, रूपा गिरी, खेतुलाल बिष्ट, नामदेव भुसाल, भगवता मल्ल, छविलाल खनाल, टिका नेपाली, सावित्रा थापा र प्रमिला घर्ती रहेका छन् ।


साधारण सभा गएको शनिबार शिव मन्दिर परिसरमा सम्पन्न भएको थियोे । शनिबार नयाँ कार्य समिति सर्वसम्मत हुन नसकेपछि आइतबार छलफलबाट नयाँ नेतृत्व टुंगो लगाइएको हो।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ९ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित