नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षका नेताहरूलाई महाधिवेशनको व्यवस्थापन समितिमा रहेर खटिदिन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पक्षमा खुलेका नेताहरूलाई व्यवस्थापन समितिमा बसेर काम गर्न आग्रह गरे ।
सभापति थापाले बैठकमा भने, “महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बन्ने निर्णय भएको थियो । केन्द्रीय समितिमा आउनु भएको केही साथीहरूलाई म अनुरोध गर्छु – समय छोटो छ, तलको क्षेत्रमा नगएर व्यवस्थापन समितिमा रहेर मसँग काम गरिदिनुहोला ।”
सबैलाई समेटेर व्यवस्थापन समिति बनाउने सभापति थापाले बताए ।








