१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

तीनकुने घटनाप्रति अर्बपति शाह मौन,मृतक सविनकाे परिवारलाई मीनबहादुरकाे तीन लाख सहयोग


२५ चैत्र २०८१, मंगलबार  


यही चैत १५ गते काठमाडौकाे तीनकुनेमा हिंसा भड्काएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं बेपत्ता छन् ,भने निर्मल निवास अर्वपति ज्ञानेन्द्र शाह बेखबर छन् ।

ज्ञानेन्द्र शाहको योजनामा मानव हत्यादेखि लुटपाट , आगजनि भएपनि उनी गुमनाम छन् । समय आयो भन्दै आह्वान गर्ने शाह जनता मर्दा र निजी सम्पत्ति लुटिदा पनि एक शब्द खर्चेका छैनन्।

हिंसाको योजनाकार र त्यसको कार्यान्वयन गर्ने प्रसाईले हिंसा पीडितलाई सहानुभूति समेत नदिएपनि भाटभटेनी सुपर मार्केट सञ्चालक मीनबहादुर गुरूङले मृतक सविन महर्जन परिवारलाई तीन लाख आर्थिक सहयोग गरेका छन् ।

तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले मंगलबार राहत वितरण गरेका हुन्।।

अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसा महर्जनलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेका हुन्।

यसअघि अध्यक्ष गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरेका थिए ।

आर्थिक राहतसँगै सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत अध्यक्ष गुरुङले प्रतिबद्धता जनाएका छन् ।

राजावादी समूहको हिंसात्मक आन्दोलनमा यही चैत १५ गते तीनकुनेमा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ७ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित