२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

विदेशी मुद्रा सञ्चिति १४ महिनालाई ढुक्क, तरलता व्यवस्थापनमा स्वचालित र खुला बजार कारोबार


२७ असार २०८२, शुक्रबार  


नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि मौद्रिक नीति ल्याएको छ । नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले वार्षिक तथा मौद्रिक लक्ष्यहरूको स्थितिको समीक्षा समेत गरे ।

उनका अनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य रहेकोमा २०८२ जेठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०८२ जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको गर्भनर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले बताए ।

आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८२ जेठ मसान्तमा कायम रहेको सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।


आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिले व्याजदर करिडोरको माथिल्नो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधाको व्याजदर ६.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधाको व्याजदर ३.० प्रतिशत र नीतिगत दर ५.० प्रतिशत निर्धारण गरी भारित औसत अन्तर बैंक दर नीतिगत दरको हाराहारीमा कायम गराउने लक्ष्य तय थियो । २०८२ जेठसम्ममा भारित औसत अन्तरबैंक दर ३.० प्रतिशत कायम रहेको छ ।मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको पनि गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले बताए।

तरलता व्यवस्थापन तथा व्याजदरतर्फ आर्थिक वर्ष २०८१÷८२ को चार महिनासम्ममा निक्षेप संकलन बोलक बोलमार्फत ८१ पटक गरी रु.२७ खर्व ८४ अर्व ८० करोड तथा स्थायी निक्षेप सूविधामार्फत १२५ पटक गरी रु.१८५ खर्ब ५८ अर्व ७० करोड तरलता प्रशोचन भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको रु.२ अर्ब ७० करोड घटाउँदा खुद रु.२१३ खर्व ४० अर्व ८० करोड तरलता प्रशोचन भएको छ। अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोवारका विभिन्न उपकरणमार्फत खुद रु. ३८ खर्ब ५८ अर्व ८४ करोड तरलता प्रशोचन गरिएको हो ।
आर्थिक वर्ष २०८१÷८२ को एघार महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत रु.६७३ अर्ब २३ करोड तरलता प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार मार्फत रु ७८३ अर्ब ४७ करोड तरलता प्रवाह भएको थियो ।


यस अवधिमा अल्पकालीन व्याजदरहरू स्थायी निक्षेप सुविधा दरकै हाराहारीमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तर बैंक दर अघिल्लो आर्थिक वर्ष औसत ३.६२ प्रतिशत रहेकोमा २०८२ जेठसम्ममा औसत २.९९ प्रतिशत कायम भएको छ । यसैगरी, ९१ दिने ट्रेजरी बिल्सको भारित औसत व्याजदर २०८१ असारमा ३.०० प्रतिशत रहेकोमा २०८२ जेठमा २.९४ प्रतिशत कायम भएको छ ।


बैंक तथा वित्तीय संस्थाको अल्पकालीन व्याजदर न्यून रहेकोले निक्षेप र कर्जाको व्याजदर हक समेत घट्दै गएका छन् । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत व्याजदरहरू क्रमशः ४.२९ प्रतिशत, ५.०२ प्रतिशत र ६.०९ प्रतिशत कायम भएको छ । यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरुको १२.८५ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता जौबत व्याजदरहरू क्रमशः ७.९९ प्रतिशत, ९.४० प्रतिशत र १०.२२ प्रतिशत कायम भएको छ ।


२०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.९ प्रतिशत अर्थात् रु.६४७ अर्व ८५ करोड, ऊर्जा क्षेत्रमा ९.० प्रतिशत अर्थात रु. ४१८ अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उयम क्षेत्रमा १०.८ प्रतिशत अर्थात रु.५०३ अर्ब २९ करोड रहेको छ ।


यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम व्यवसाय, ऊजां र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत अर्थात रु.१३२ अर्ष ८८ करोड र वित्त कम्पनीहरूवाट १८.८ प्रतिशत रु.१९ अर्व ६ करोड कर्जा लगानीमा रहेको छ ।
वणिज्य बैंकहरूबाट प्रबाह भएको कुल कर्जामध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत अर्थात रु. २५२ अर्व २२ करोड ऊर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।

यसैगरी, विकास बैंकहरूबाट ७.१ प्रतिशत अर्थात रु.२६ अर्ब १७ करोड र वित्त कम्पनीहरूबाट ५.५ प्रतिशत अर्थात रु.५ अर्ब ५० करोड कर्जा विपन्न बर्गमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । ०००

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित