१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

घुस काण्डका मन्त्री राखेर बालुवाटारमा मन्त्रिपरिषद् बैठक


३० असार २०८२, सोमबार  


सोमबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्को जारी बैठकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भएकम छन् ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो छताछुल्ल छन् ।

तर उनै मन्त्री गुप्तालाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक सुरु गरेका छन् ।
घुसकाण्ड बाहिरिएको दुई दिन भैसक्दा पनि स्वयं मन्त्रीले राजिनामा दिएका छैनन् । प्रधानमन्त्री ओ लीले पनि बरखास्त गरेका छैनन् । बरू विवादास्पद मन्त्री बोकेर बैठक गरिरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित