११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बलिदानको गर्भबाट जन्मिएको हाम्रो संविधान, ‘अपनत्व,अस्तित्व र अधिकारको दस्तावेज’


३ आश्विन २०८२, शुक्रबार  


आज असोज ३ गते।जनताका प्रतिनिधिको हातबाट पहिलोपटक लेखिएको थियो,संविधान ।

संविधानसभाबाट संविधान जारी भएको दस वर्ष भएको छ। २०७२ असोज ३ गते आजैका दिन बलिदानको गर्भबाट जन्मिएको नयाँ संविधान जारी भएको थियोे ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।


समावेशी गणतान्त्रिक संविधानले हरेक नागरिकको राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गरेको छ। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासंगै सबै जाति,वर्ग लिङ्ग र क्षेत्रको अधिकार ,अपनत्व र अस्तित्वलाई बोकेको छ।

जनतामा सार्वभौमसत्ता निहित संविधान विश्वकै उत्कृष्ट संविधान मानिन्छ । जसले अढाई सय वर्ष सामन्ती सत्ताको अन्त्य गर्दै पूर्णरूपमा जनताको शासनको प्रत्याभूत गरेको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित