२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

रसुवा बाढीपछि अझै पनि १६ हजार बढी बेपत्ता !


१४ भाद्र २०८३, आइतबार  


रसुवामा आएको बाढीपछि आइतबार दिउँसो ३ बजेसम्म अझै १६ हजार ५८७ जना व्यक्ति बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ।

उद्धार तथा सहयोगका लागि सरकारले सञ्चालनमा ल्याएको उद्धार अनुरोध पोर्टलमा प्राप्त विवरणअनुसार यति ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका हुन्।

तथ्यांकअनुसार बेपत्ता हुनेमा १८ वर्षमुनिका ९८३जना बालबालिका र ६० वर्षभन्दा माथिका ५१४ जना ज्येष्ठ नागरिक समेत रहेका छन्।

बाढीपछि हालसम्म २ हजार ५२४ जना फेला परेको रिपोर्ट दर्ता भएको छ। त्यसमध्ये १ हजार ८२१ जनाको परिवारसँग भेट तथा समस्या समाधान भएको छ भने ७०३ जना परिवारको प्रतीक्षामा रहेका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित