१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

ज्ञानेन्द्र शाहको स्वागतमा फोहोर गर्ने राप्रपाले काठमाडौ महानगरलाई तिर्यो,एक लाख जरिवाना !


२६ फाल्गुन २०८१, सोमबार  


आईतबार काठमाडौमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा सडकभरी फोहोर गरेको राप्रपाले एक लाख जरिवाना तिरेको छ।

काठमाडौ महानगरले फोहोर गरेको भन्दै हिजै पत्राचार गरेको थियोे ।शुरूमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जरिवाना नतिर्ने अड्डी कसेका थिए।तर,चौतर्फी दबाबपछि सोमबार एक लाख जरिवाना महानगरलाई बुझाएको हो।

आज दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानबहादुर शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना बापतको रकम बुझाएको काठमाडौ महानगरले जानकारी दिएको छ

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख बुझाउन पत्र काटेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको बताएका छन् ।
यस अघि पनि एमालेले यस्तै फोहोर गरेको थियोे ।फोहोर गरेको भन्दै महानगरले जरिवाना बुझाउन पत्राचार गरेको थियोे ।एमाले पनि शुरूमा अटेरी गरेपनि अन्तिममा सुटुक्क जरिवाना तिरेको थियोे ।सत्ता र आ डमा सार्वजनिक सम्पत्ति नोक्शान गर्ने जो कोहीलाई महानगरले छोड्दैन भन्ने नजिर बसेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित