१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

नौ कन्याहरुद्वारा ‘दोस्रो पक्कु फेस्टिवल–२०८२’ उद्घाटन


६ आश्विन २०८२, सोमबार  


प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल–२०८२ सोमबार काठमाडौंमा सुरु भएको छ।

सोमबार बिहान ९ः४५ बजे नवरात्रको पहिलो दिन नौ कन्याहरूबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा विशेष महत्वसहित नव कन्याहरूलाई भोजन र टीका लगाई कन्याहरूका हातबाट कार्यक्रम शुभारम्भ गरिएको अध्यक्ष शंकर भण्डारीले बताए । २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पार गरिसकेको छ।

हाल प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीसहित मुलुकका १६ स्थानबाट सेवा दिइरहेको समूहले वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको छ।

गएको वर्षमा पहिलो पक्कु फेस्टिवल–२०८१ को सफलतापछि यस वर्ष पनि दोस्रो पक्कु फेस्टिवलको आयोजना गरिएको हो। प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगञ्जमा आयोजना भएको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित स्थानीय हस्तकला, सांस्कृतिक बाजा, परम्परागत परिकार र पक्कु खानाको प्रदर्शनी हुने भएको छ।

फेस्टिवलले विशेषगरी नयाँ पुस्तालाई संस्कृति, रहनसहन, खानपान र परम्परासँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै गाउँ टाढिएका मानिसलाई पर्वको माहोल दिने उद्देश्य रहेको आयोजकले बताएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले, आर्थिक व्यापारभन्दा बढी यो फेस्टिवलले मनोरञ्जन, परम्परा र हाम्रो मौलिकताको जगेर्नामा जोड दिएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित