गएको साल २०८१ असोज ११ र १२ गते भीषण वर्षा भयो। वर्षातका कारण आ एको बाढीले ठूलो धनजनको क्षति गर्यो ।
जतिबेला तत्कालीन प्रधानमन्त्री केपी ओली न्यूयोर्क भ्रमणमा थिए । देशमा आ इलागेको विपत्तिमा विदेशको कार्यक्रम छोट्याएर फर्किनुपर्ने उनी उतै बरालिए। उतैबाट ओली मौसम विज्ञ बन्दै सामाजिक सञ्जालमा बोलिरहे ।
यता कांग्रेसबाट सरकारमा गएका प्रकाशमान सिँहले कार्यवाहक प्रधानमन्त्री सम्हालेका थिए । तत्कालीन कार्यबाहक प्रकाशमान सिंह नख्खुको बाढीमा मान्छे अड्किँदा दावाँली मिलन क्लबको कार्यक्रममा माला थापिरहेका थिए । उता गृहमन्त्री रमेश लेखक हेलिकप्टर उडाउन भिजिबिलिटी नभएको झूटो कुरा बोलिरहेका थिए । बाढी आएको १० दिनपछि बल्ल मन्त्रीहरू लावा लस्कर लागेर ललितपुर पुगे, १४ दिनपछि काभ्रे पुगे । जबकि ललितपुर १५ मिनेटको बाटो थियोे भन् काभ्रे ४० मिनेटको दुरीमा ।
केही दिनपछि कार्यक्रम सकेर तत्कालीन प्रधानमन्त्री केपी ओली न्यूयोर्कबाट फर्किएर विमानस्थलमा बाढीको अनुमान गर्न नसकिने भन्दै आफ्नो सरकारको बचाउ गरे। उनको अभिव्यक्तिले पीडित क्रुद्ध भए । तत्कालीन ओ ली सरकार विपद् अघिको पूर्व तयारी र विपदपछिको खोज तथा उद्दारमा गम्भीरता देखाएन। बरू प्रश्न गर्ने माथि उल्टै जाइलाग्यो ।
यश वर्ष पनि मौसम पूर्वानुमान महाशाखाले विपद्को सम्भावित जोखिमबारे चेतावनी दियो। त्यसलाई सुशीला कार्की नेतृत्वको सरकारी संयन्त्रहरूले गम्भीरतापूर्वक लिए । ठूला राजमार्गसहित सबैतिर सवारी आवतजावत बेलैमा रोकियो । ऊर्जा मन्त्री कुलमान घिसिङ वर्षातअघि नै वीपी राजमार्ग पुगे। शनिबार पनि चोभार गल्छीदेखि जोखिमका सम्भावित ठाउँको अवलोकन गरे । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेलैमा परिचालन हुन सके । चितवनस्थित राजमार्गमा स्थानीय प्रहरी प्रशासन प्रमुखहरू आफैं जोखिम क्षेत्रमा खटिएका छन् ।
जोखिमयुक्त बीपी राजमार्ग क्षेत्रबाट सवारीसाधन काभ्रे र सिन्धुलीतिरै फर्काइएयो । प्राकृतिक विपद्मा क्षति कम गर्न पूर्वसतर्कता अपनाउने हो भने सकिन्छ भन्ने सन्देश अहिलेको सरकारले दिएको छ। सरकार जननिर्वाचित होस् या मनोनित काम गर्ने ईच्छा शक्ति र जवाफदेहीता चाहिन्छ । जुन कुरा अहिलेको सरकारले गरिरहेको छ। त्यो कुरा यश अघिको ओली सरकारले पनि गर्न सक्थ्यो । यति काम गर्न त्यो दुईतिहाइको सरकारलाई के ले छेकेको थियोे होला ? यसको सिधा र सजिलो उत्तर हो, अहंकार र दम्भ । सत्तामा पुगेपछि असनको साँढे गर्ने प्रवृत्ति हो । विपतमा पनि जनताको समस्याको नबुझ्ने प्रवृत्ति कांग्रेस र एमालेमा हुनु हो ।उनीहरूलाई सत्ताको मतलब थियोे । भ्रष्टहरूलाई जोगाउनु थियोे ।यही कारण जनतामा तीब्र असन्तुष्टि बढ्यो ।
त्यसपछिका दिनहरूमा सरकार झन् झन् बदनाम भयो । निवर्तमान गृहमन्त्री रमेश लेखक जोडिएको भ्रष्टाचारलाई झुठको टालोले छोपियो । राजकुमार गुप्ता र बलराम अधिकारीको घुसकाण्ड ढाकछोपमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री आफैं लागे । रामहरि खतिवडाको बदमासी चोख्याउन अर्को समितिको सभापति बनाइयो । गएको साल असोजमा बगाएको सरकारप्रतिको विश्वास एकपछि अर्को काण्डले बदनामीमा परिणत भयो ।
गएको वर्ष जस्तै यश वर्ष पनि बाढी-पहिरोको उस्तै जोखिम छ, निरन्तर पानी परिरहेको छ। केही दिन सडक र आकाश ठप्प भए पनि मानवीय क्षति कमभन्दा कम गर्न बेलैमा गरिएको पहल सकारात्मक छ । सुशीला कार्की नेतृत्वको सरकारले गुमेको सरकार विश्वास फर्काएको छ। सरकार यो तदारुकताले मन जितेको छ।








