सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।
ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको बताइएको छ ।
ओली प्रचण्डको मात्रै नभइ बहालवाला र पूर्वभीआईपी, भीभीआईपीको पनि सुरक्षाकर्मी फिर्ता गराउने निर्णय भएको हो ।
गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार धमाधम सुरक्षाकर्मी फिर्ता गराउने काम भइरहेको छ। सबै फिर्ता भइसकेपछि मात्रै कति सुरक्षाकर्मी मापदण्ड विपरीत थिए भन्ने कुरा यकिन हुनेछ।








