असारको यो प्रचण्ड गर्मीमा चितवन प्रकृतिले मात्रै तातिएन, मुलुकको राष्ट्रिय राजनीतिको माहोलले पनि बेस्सरी गर्मायो । प्रचण्ड गर्मीलाई चुनौति दिदै रास्वपाले चितवनमा भव्य कार्यक्रम ग¥यो । ४१सय प्रतिनिधिदेखि नेता कार्यकर्ता, शुभचिन्तक र प्रतिस्पर्धी दलका मुख्य नेतादेखि प्रतिनिधिहरु उखरमाउलो गर्मीमा पनि चितवन पुगे । र रास्वपालाई भव्य शुभकामना दिए । यस्तो लाग्थ्योकी, रास्वपा प्रथम महाधिवेशन केवल यस पार्टीको महाधिवेशन मात्रै थिएन । यो राष्ट्रिय शक्तिहरुबीचको मित्रताको नयाँ अध्यायको संकेत पनि थियो ।
विगतका तिक्ततालाई सिरानीमा राखेर मुलुकलाई विधि र विधानबाट अघि बढाउने सवाल थियो । देश बनाउने संकल्प र सपनामा सबैलाई एकमत बनाउने ऐतिहासिक सुखद् अवसर पनि थियो । पूर्व प्रधानमन्त्रीद्वय ओली र प्रचण्ड निम्तो मान्न नगएपनि ती दलबाट प्रदीप ज्ञवाली र वर्षमान पुन पुगे । प्रमुख प्रतिपक्षी दलका कांग्रेस सभापति गगन थापा स्वयं चितवन मात्रै पुगेनन् । उनले कांग्रेसलाई प्रतिस्पर्धी शक्तिको रुपमा अथ्र्याउन रास्वपा नेताहरुलाई सुझाए । ४ वर्षमा रास्वपाले आर्जन गरेको अभूूतपूर्व जनमतको चर्चा गर्दै गगनले रास्वपा सभापति रवि लामिछानेको मुक्त कण्ठले प्रशंसा पनि गरे । एकताका संसदमा सहकारी प्रकरणमा रविको विरुद्ध विषवमन गर्ने उनै गगन थापाले त्यो तुसलाई नारायणीमा बगाएर चितवनमा रविको प्रशंसा गरेका हुन् ।
हुन त राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । किनकी हिजोको शत्रु भोलि मित्र पनि बन्न सक्छ । जुन कुरा विगतका राजनीतिक इतिहासमा अनुभव भएकै हो । विपक्षी दलका नेताहरुले यही शाश्वत सत्य कुरालाई हृदगंम गरी चितवन पुगेर उद्घाटन शत्रमा हार्दिकता र सौहार्दता देखाएको हुनुपर्छ । जुन सौहार्दता र हार्दिकताले राजनीतिमा गज्जबको संस्कारको सन्देश पनि दिएको छ । यसले नेपाली राजनीतिमा छाएको तुस र कुण्ठाको बादल मात्रै हटेको छैन, रवि र बालेनको अद्धितिय एकताको पनि उत्तिकै सन्देश प्रवाह गरेको छ । पार्टी बलियो बनाउन पद होइन, जिम्मेवारी ठूलो हो भन्ने यी दुई नेताले सन्देश दिए ।
तत्कालीन सरकारको राजनीतिक प्रतिशोधमा एक वर्ष जेलको कालकोठरी झेलेका रविले विशाल छाति बनाएका छन् । बालेनको हातमा सत्ताको बागडोर र आफूले पार्टी सम्हालेका छन् । पार्टी स्थापनाको चार वर्षमा उनको विकल्पमा कुनैले पनि आँट गर्ने देखिन्न । उनले विगतको त्यो इतिहासको कर्तुतहरुको स्मरण गर्दै उनले सरकार र पार्टीभित्रको एकता,मित्रता र सहकार्यको नमुना पनि दर्शाए । पाँच वर्ष बालेनलले सरकारको स्टेरिङ समाएको चर्चा गर्दै कदापि आफू तिर आएको सत्ताको बल पनि बालेनलाई पास गर्ने भन्दै पदप्रतिको लालसालाई खारेजै गरिदिए ।
विगतमा शासकहरुले सहकारीमा लेनदेनकै कारण भैरहवा कारागारमा आफूले भोगेको तितो अनुभवलाई स्मरण गर्दै उनले भने हामी इतिहास लेखाउन आएका हौ । विगतका तिता कुरा भन्दा पनि भावी पुस्तालाई जवाफ दिनेगरी रास्वपा सत्तामा पुगेको हो । उनले जनताले गरेको यो अभूतपूर्व र विराट विश्वासलाई डग्न नदिने बाचा गर्दै विपक्षी निम्तालुहरुप्रति उनले अत्यन्तै श्राद्ध र सम्मान देखाए । पार्टीमा पद भन्दा जिम्मेवारी र दायित्व महत्वपूर्ण हुने चर्चा गर्दै उनले रास्वापा भित्र त्यस्तो महत्वकांक्षा नराख्न समेत सन्देश दिए ।
त्यसैगरी रास्वपाका बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले पार्टी र सरकारबीचको एकता र तादम्यता निकै मजबुत भएको चर्चा गरे । सरकार विधि, विधान र पद्धतिबाटै अघि बढेको उनको भनाइ थियो । शक्तिशाली रास्वपा सरकार लोकल रोडमा नचलेको भन्दै उनले एक्सप्रेस वेमा कुदेकोले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताए । सीमाको विषयमा प्रष्टीकरण दिदै उनले भने भारतसंगको सीमा विवादमा नेपालसंग प्रमाण भएकोले प्रमाणकै बलमा हल गरिने प्रष्ट्याए । रास्वपाभित्र मतभेद भएको भन्ने एउटा स्कृप्ट बजारमा निकै डुलाइएको थियो ।तर, आइतबार चितवनको अधिवेशनको उद्घाटन सत्रमा नेताहरुबीच देखिएको हार्दिकताले उनीहरुबीच पद र पावरका लागि विमति होइन, बरु विगतको जस्तो फोहोरी राजनीतिलाई सदाको लागि अन्त्य गर्ने साझा संकल्पको उद्घोष गरे ।
विगतमा सत्ता, शक्ति र सम्पत्तिका लागि राजनीतिलाई कमाउने धन्दा बनाइयो । जसले जनतामा राजनीतिप्रति चरम वितृष्णा मात्रै पैदा गरेन । आफूलाई असली लोकतन्त्रको पहरेदार भन्नेहरु गएको २१ फागुनको निर्वाचनबाट सोत्तर भए । हिजो सत्ताको धुरीमा बसेर कानुनमाथि शासन गर्नेहरु अहिले संसदको कर्नरमा मधुरो स्वरमा चिच्याउन विवश छन् । सत्ताले मैमत्त हुँदा भोलिका दिनमा रास्वपाको पनि त्यस्तै हविगत हुनेमा रवि र बालेन सजग भएको देखिन्छ ।
गएको ३५ वर्षलाई फर्केर हेर्दा २०४६ यता ३० सरकार बने । हरेक सरकारको अन्त्य अल्पायूमा भयो । हरेक शक्तिलाई जनताले बहुमत र दुई तिहाइ बहुमत पनि दिए । तर, ती सरकारहरु आफ्नै कारणले आफै भएर ढले । गएको ३५ वर्षमा तिनले प्रधानमन्त्री र मन्त्री कोरल्नु बाहेक स्थायित्व, विकास र प्रजातन्त्रको अनुभव दिन लगभग असफल भएपछि गएको भदौमा युवा विद्रोह भयो । त्यही विद्रोहकै बलमा भएको निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुगेको हो । ००००







