सरकारको इच्छा शक्ति भयो भने, लगभग मृत्यु शैयामा पुगेका सरकारी उद्योग तथा संस्थान पनि व्युउतिन सक्छन्, भन्ने एउटा उदाहरण बनेको छ, दुग्धविसकास संस्थान । सरकारले ढाडस दिँदा मात्रै पनि दुग्धविकास संस्थान आज बौरिन सकेको हो । विगतमा अधिकाँश सरकारी संस्थानलाई राजनीतिक भर्तीकेन्द्र बनाएर तन्नम बनाइएका थिए । तत्कालीन राजा महेन्द्रले मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै दुग्ध विकास संस्थान जस्ता थुप्रै सरकारी संस्थान र उद्योगहरु स्थापना गरेका थिए । तर, प्रजातन्त्रको पुनःस्थापनापछि दुग्ध विकास संस्थान जस्ता संस्थानहरु डुबाइएको थियो ।
तत्कालीन पञ्चायत सरकारले २०२६ साल साउन १ गते यस संस्थानको स्थापना भएको थियो । नाफामै गइरहेको दुग्ध विकास संस्थान प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिक भर्तीकेन्द्र बनाएपछि यसको बेहाल अवस्था भएको हो । अमूक विचौलिया र माफियाको स्वार्थमा राजनीतिक नेतृत्वले काम गर्दा सरकारी संस्थानहरू डुबेका मात्रै थिएनन् । कतिपय बन्द भए र बेचिए पनि । त्यस्तै सरकारी संस्थान मध्येको एक हो, दुग्ध विकास संस्थान ।
व्यवस्थापनमा भएको चरम राजनीतिककरणले घाटामा गएर डुबेको दुग्ध विकास संस्थान पछिल्लो समय भने बजारमा आफ्नो पुरानो विरासत फर्काउँदै विदेशी उत्पादनलाई उछिन्न थालेको छ। विगतमा घाटाको विवरण भरेर घिटिघिटीको अवस्थामा पुगेको संस्थान अहिले ऋणमुक्त हुँदै नाफायुक्त संस्थानको रुपमा आफूलाई उभ्याइरहेको छ । गएको आर्थिक वर्ष २०८२÷८३ मा ४ अर्बको कारोबार गरेर छलाङ मारेको छ । कारोबारमा उल्लेख्य वृद्धि गरेको डीडीसीले लामो समयदेखि किसानहरुको बक्यौता पनि लगभग चुक्ता गरिसकेको छ । विगतमा ६५ करोड किसानको बक्यौता रहेकोमा गएको ३ महिनामा किसानको बक्यौता पनि लगभग चुक्ता गरेको छ । पछिल्लो तथ्यांक अनुसार डीडीसीले किसानको बक्यौता १२ करोडमा झारेको छ।
गएको तीन महिनामा डीडीसीको बजार विस्तार ३५ प्रतिशतले वृद्धि हुँदा करिब ४ अर्बको कारोबार भएको हो । किसानको दुधको मूल्य ६६ रूपैयाँ पुराइएको छ । घाटामाथि घाटाकै कारण दुग्ध विकास संस्थान बन्द हुने अवस्थामा पुगेको थियो । त्यही बेला प्रधानमन्त्री बालेनले डीडीसीको ब्रान्डीङ गरेका थिए । गएको जेठ २ गते प्रधानमन्त्री बालेनले डीडीसीको ब्रान्डिङ गर्ने गरी सामाजिक सन्जालमा पोष्ट गरेपछि डीडीसीको चर्चा चुलिएको थियो । संकटको डिलमै पुगेको बेलामा सरकारको ब्रान्डिङ गरिदिएपछि डीडीसी पुनः बौरिएको हो । संकटमा रहेको डीडीसीले यतिबेला विदेशी उत्पादनलाई उछिन्दै दुधजन्य उत्पादनमा आफ्नै साम्राज्य पुनः कायम गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ २ गते शनिबार डीडीसी उत्पादनलाई सामाजिक सञ्जालमा पोष्ट गरेपछि मृत्युु शैयामा पुगेको डीडीसीको प्राण वायु मात्रै भरिएन, दुधजन्य बजारमा ऐतिहासिक सफलता हासिल गरेको हो।
प्रधानमन्त्री बालेनकै कारण डुब्नै लागेको डीडीसीले पुनः जीवन मात्रै पाएन, हजारौं किसानहरूको वर्षौदेखिको बक्यौता चुक्ता गरेर न्याय पनि गरेको छ । राजनीतिक हस्तक्षेप मुक्त भएमा सरकारी संस्थानहरूले सेवा र उत्पादनमा बाह्य क्षेत्रलाई पनि उछिन्न सक्ने सामथ्र्य राख्छन् भन्ने तथ्यको प्रमाणित डीडीसीले गरेर देखाएको छ । प्रधानमन्त्री बालेनको एउटा पोष्टले डीडीसी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ,भने संस्थान अब घाटाबाट नाफातिरको यात्रामा अघि बढेको छ। यसले दर्शाउँछ भने सरकारी संस्थानहरुमा आफ्ना कार्यकर्ता भर्तीको विकल्पमा निर्वादरुपले काम गर्न दियो भने र सरकारले थोरै ढाडस दिएमा सरकारी उद्योग तथा संस्थानहरुले पुनःजिवन पाउनेमा कुनै दुई मत नहोला की ? ०००००








