३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

सुगौली सन्धिको सक्कल प्रति नेपाल भारतको संवादबाट : रणधीर जैसवाल, प्रवक्ता भारतीय विदेश मन्त्रालय


२६ श्रावण २०८३, मंगलबार  


प्रतिनिधिसभाको सोमबार बसेको बेठकमा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रतिबारे चर्चा भयो । नेपाल र बेलायत शासित भारतबीच भएको सन्धिको सक्कल प्रति कोसँग छ भन्ने विषयमा छलफल भएको थियो ।

मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्तालाई सञ्चारकर्मीले यही विषयमा प्रश्न गरे ।

पत्रकारले ‘नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपारेको भनेका छन् नि ? भन्ने प्रश्न सोधेका थिए ।

जसको उत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ । कतिपय विषयमा सहमति नभएको हुनसक्छ । तर, त्यस प्रकारका मुद्दाका लागि दुई पक्षीय संयन्त्र छ । त्यसैमार्फत कुराकानी गर्नसक्छौं ।’

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ६ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित