१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

धितोपत्र बाेर्डकाे अध्यक्षमा कस्ले मार्ला बाजि ?


९ मंसिर २०८१, आइतबार  



लामो समयदेखि नेतृत्वविहिन भएको नेपाल धितोपत्र बाेर्डमा नेतृत्व छनाैटकाे प्रक्रिया अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता सकिएसंगै नेतृत्व छनाैट अन्तिम चरणमा पुगेको हाे ।

आज (आइतबार)दुई उम्मेदवारले कार्ययोजना प्रस्तुत गरेसंगै अब कसले बाजि मार्छ भन्ने अवस्था बनेको हाे। आईतबार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। 

अन्तिम पाँचकाे सूचिमा परेर यसअघिको अन्तर्वार्तामा परेका अर्का उम्मेदवार तथा बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने आजको अन्तर्वार्तामा उपस्थित भएनन्। यसअघि दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ ।

अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि छनौटमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन।
छनौट समितिले आजनै सिफारिस गर्न सकेको अवस्थामा भोलिको मन्त्रिपरिषदबाट र ढिला भएमा आगामी बुधबारको मन्त्रिपरिषदबाट बोर्ड अध्यक्ष नियुक्ति हुने बताईएकाे छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित