१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिदै ओली सरकार !


६ पुस २०८१, शनिबार  


सरकारले नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाउने भएको छ।

अब सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने भएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ नेतृत्वको सरकारले ले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेकाे थियाे । उनकाे सरकारले गएकाे वर्ष २०८० को वैशाखमा धितोपत्र बोर्ड संचालकलाई नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि नबढाउन निर्देशन दिएकाे थियाे।

प्नचण्ड सरकारले स्टक एक्सेञ्जको आवश्यक हो कि होइन भन्ने विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गर्भनर चिन्तणि शिवाकोटीको नेतृत्वमा समिति समेत बनाएको थियो ।

गएकाे वर्षको माघ ९ गते गठन भएको शिवकोटी नेतृत्वको समितिले हालको नेपाल स्टक एक्सेञ्ज(नेप्से) लाई पुनःसंरचना गरि संचालन गर्ने र नयाँ स्टकको लाइसेन्स दिने विकल्पका साथ प्रतिवेदन समेत पेश गरेको थियो ।

अब यही समितिले बुझाएको प्रतिवेदनकै आधारमा लाइसेन्स प्रक्रिया अघि बढाउने शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेकाे हाे।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित