मान्छेले मान्छे बेच्ने कुरा ! सुन्दा पनि आङ सिरिङ्ग नहुने को होला र ? तर, तपाई हामी भुक्तभोगी जस्तै भैसक्यौ। यहाँ त मन्त्रीकै योजनामा धमाधम मान्छे बेचियो र बेचिन्छ। गृहमन्त्रालय हो,नागरिकको सुरक्षा दिने निकाय। तर, यही मन्त्रालयको टेबलुबाटै मान्छे बेचिए ।
नक्कली भुटानी शरणार्थी प्रकरण होस्, या भिजिट भिसा किन नहोस्। यी प्रकरणमा तस्करहरुले पशुलाई झै लाखौको मोलमोलाइमा मान्छे बेचिरहे । मानौ गृह प्रशासन त्यस्तो अखडा बन्यो, जहाँ मान्छे मात्रै बेचिन्छ। मन्त्रीदेखि सरकारी अधिकारीको सेटिङमा भए करी धन्दा । जहाँ भिजिट भिसामा जानेहरुलाई झुक्याएर पठाएको र गगंबुमा बोलाएर बलात्कार समेत गरिएको केही दिन अघि खुलासा गरेका थिए, रास्वापा सांसाद मनिष झाले।
भिजिट भिसाका नाममा भएका यस्ता जघन्य घटनाको विषयमा अमेरिकी विदेश विभागको एक प्रतिवेदले पनि खुलासा गरेको थियो । यो तथ्य हामीले मात्रै भनेका होइनौ। सरकारकै संरक्षणमा मानब बेचबिचन भएको तथ्य अमेरिकी प्रतिवेदनले पनि खुलासा गरिदिएको हो । हाम्रै मन्त्रीहरुले भिजिट भिसाको खोलमा आफ्नै नागरिक बेचेको कुरा अमेरिकी विदेश मन्त्रालयको एक प्रतिवेदनले भनेको हो। अमेरिकी विदेश मन्त्रालयको ट्राफिकिङ इन पर्सन्स अर्थात टिप, २०२४को प्रतिवेदनका अनुसार नेपाल मानव तस्करीको थलो बन्यो। मानव तस्करी सन २०२३ को तुलनामा सन २०२४मा बढेपछि नेपाल टायर टु वाच लिस्टमा परेको हो । टायर टु वाच भनेको खराब अवस्था हो ।
मान्छे बेच्न थालेको अहिलेको भने होइन। यो धन्दा त सात वर्ष अघि देखिको हो। ७ वर्ष यता सात जनाले गृह प्रशासन सम्हाले। जस –जसले गृह प्रशासन सम्हाले । ती सबैले धेरै थोरै तस्करीलाई सघाए। त्यस यता एमालेका नेता रामबहादुर थापा, जसले करिब साढे तीन वर्ष गृह चलाए, उनको पालामा १५ हजार बढी भिजिट भिसामा बाहिरिए। थापापछि कांग्रेसका बालकृष्ण खाण गृहमा आए । उनले डेढ वर्ष बढी गृह मन्त्रालय सम्हाले। नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगेका उनको पालामा करिब २५ हजारलाई भिजिट भिसामा उडाइयो।
बालकृष्ण खाण खोरमा जाकिएपछि गृहको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले लिए। उनले ३२ दिन गृह मन्त्रालय सम्हाले। उनको पालामा साढे १२ सय बाहिरिए। रवि गृहबाट बाहिरिएपछि गृहको जिम्मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिए। प्रचण्डले गृहको जिम्मा लिँदाको दुई महिनामा ८२ जनाले यस्तो भिजिट भिसा लिए। त्यसपछि गृहको नेतृत्व गर्दै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आए।
उनको एक वर्ष बढीको गृह बसाइमा १४ हजार बढीले अध्यागमनबाट भिजिटि भिसाको अनुमति लिए। फेरी माओवादी, एमाले र रास्वपासहितको सरकार बन्यो, त्यस सरकारको गृहमन्त्री रवि लामिछाने बने। उनको पछिल्लो गृहमन्त्रालयको ७ महिनाको अवधिमा ७ हजार बढी बाहिरिए । हाल भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री कांग्रेसका लेखकको ११ महिनामा १३ हजार बढीलाइ भिजिट भिसा सेटिङमा उडाइएको थियो । पछिल्लो समय मानव तस्करीको खबरले हलचल ल्याएपछि कांग्रेस सभापति देउवाले मुख खोले, अनि मान्छे मात्रै निर्यात भएको भन्दै उनले प्रश्न गरेका थिए।
यो प्रकरणमा नेपाली मात्रै बाहिरिएनन्, तस्कर र कर्मचारीको मिलेमतोमा ७६ हजार त भारतीयहरु पनि बाहिरिए। त्यसका लागि अध्यागमनका कर्मचारीले छुट्टै सफ्टवयर चलाएर भिजिट भिसामा दैनिक पचास लाखसम्म असुली गरेको खुलासा भयो। सत्ता पक्ष र प्रतिपक्षबीच करिब एक महिना जुहारी चल्यो। तर, अन्तमा भिजिट भिसा प्रकरणले सबैलाई बगाउने देखियो। त्यसपछि चतुर प्रचण्ड लुथ्रुक्कै भए नि संसदलाई बन्धक राख्न नहुने भन्दै आफ्नै बचाउ गरे।
भिजिट भिसा प्रकरणमा नेपालमा तीन दलका मठाधिशले चोँचो मोचो मिलाएपनि यो मुद्दा यत्तिकै रोकिने देखिन्न । किनकी यो मुद्दा अन्तर्राष्ट्रियकरण भैसक्यो । जसले कानुनको कार्यान्वयन गर्ने हो, उही जिम्मेवार व्यक्ति नै मानव तस्करीमा संलग्न भएपछि नेपालप्रतिको विश्वास झन् गिर्दाेछ। मानव तस्करी तथा बेचबिखन नियन्त्रण र दोषीलाई कारबाही भएन। गएको साल प्रहरीले भिजिट भिसा सेटिङका आठ कर्मचारी विरुद्ध मुद्दा दायर ग¥यो । तर, ती अभियुक्तहरु मध्ये एक कर्मचारी, विमल पौडेललाई गृहमन्त्री रमेश लेखकले आफ्नै सचिवालयमा राखे ।








