चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरे ।
पोखराका उपकुलपति डा। भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई भने बुधबार बिहान बोलाइएको छ ।
सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा वीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।
कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा।डा। विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् । बाथरोग विशेषज्ञ डा। पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
पोखरा स्वास्थ्य प्रतिष्ठानको जिम्मेवारी प्रा।डा भरत बहादुर खत्रीले पाएका छन् । एमालेनिकट खत्री हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा निमित्त उपकुलपति हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा।पुजन कुमार रोकायाले पाएका छन् । हाडजोर्नी रोग विशेषज्ञ रोकाया १२ वर्षदेखि कर्णालीमा कार्यरत तथा हाल अस्पताल निर्देशक हुन् ।
गएको जेठ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा ५५ जनाले दाबी पेश गरेका थिए ।
यस कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए ।








