१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

गगन थापा भन्छन्,’सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत’


२० भाद्र २०८२, शुक्रबार  



नेपाली कांग्रेस महामन्त्री गगन थापाले सामाजिक
सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनी लेख्दै भन्छन् सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्ने उनको सुझाव छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ।

यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनु पर्ने उनले बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न। आग्रह गरेका छन् ।
आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको उनले बताएका छन् ।

सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।
त्यसैले सरकार सँग पुनः आग्रह छ- यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस भन्दै सरकार निर्णय सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ४ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित