१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

कृषि विकास बैंक लिमिटेडकाे लाभांश घाेषणा


५ पुस २०८१, शुक्रबार  



कृषि विकास बैंक लिमिटेडले गएकाे आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गएकाे आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।

साथै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने भएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ०० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित