शाह वंशको इतिहास लामो भएपनि अन्तिम राजा ज्ञानेन्द्र शाहमा विवेक देखिएन। हिजो सैन्य बलमा निरंकुश व्यवस्था टिकाउन सकेनन् ,भने शाहवंशीय अस्तित्व पनि बचाउन सकेनन्।
उति बेला कमल थापा र तुल्सी गिरी लहलहैमा लागेर सत्ता हातमा लिए। २०६१ माघ १९ सत्ता कब्जा गरेका उनले २०६३ बैशाख ११ गते घुँडा टेके। राजनीति भन्दा व्यापारीक पृष्ठभूमि भएका उनमा राजकाज चलाउने क्षमता देखिन्न ।यही कमजोरीमा उनी पटकपटक मोहरा बनेका छन् । त्यसको पछिल्लो संस्करण आईतबारको स्वागत र्याली हो।यहि र्याली देखेर सत्तामा फर्किने महत्वकाँक्षा देखाए जुन उनको थप दुखान्तको संकेत हो।
यद्यपि अहिलेका शासकहरू पूर्णरूपमा असफल हुन्।ओली प्रचण्ड र देउवा जबसम्म सत्ता राजनीतिमा रहन्छन् तबसम्म देशको हालत यस्तै हो।उनीहरूको सत्ता राजनीतिले असन्तुष्टि र आक्रोष बढाउने छ।गणतन्त्रप्रति अनास्था अझै चुलिन सक्छ । यहाँ समस्या व्यवस्थाको हुदै होईन। समस्या अक्षम नालायक शासकहरूको हो ।व्यवस्था साधन हो, साध्य होईन।
दुनियाँकै उत्तम व्यवस्था लोकतान्त्रिक व्यवस्थाको अझै उन्नत लोकतन्त्र हो ।यो व्यवस्थामा सबै फूल्न पाउँछन् , फक्रिन पाउँछन् । ओली , देउवा र प्रचण्डले थोपरेको विकृतिलाई हेरेर व्यवस्थाको विकल्प खोज्नु त्यो राजनीतिक अज्ञानता हो, अस्थिरता हो। यो व्यवस्था जनताले लडेर ल्याएको हो।यो व्यवस्था आ उनमा पूर्व राजा ज्ञानेन्द्र शाहदेखि लिङ्देन र प्रसाईंहरूको पनि प्रत्यक्ष अप्रत्यक्ष योगदान छ। संविधान जारी भएको एक दशक पनि भएको छैन। संविधानको पूर्ण कार्यान्वयन हुन दशक धैर्य गर्न सकिन्छ ।
त्यसपछि त्यसले बोक्न नसकेका अधुरा कुरा थप्न सकिन्छ ।भारत करिब ७५ वर्षमा उही संविधानले काम गरेको छ। अमेरिका स्वतन्त्रता संग्रामपछि निर्मित संविधानले काम गरेको छ।त्यसैले यतिबेलाको बहस कसैले राजा या सम्राट् बनाउने कुरा अव्यवहारिक र अमान्य विषय हो ।ओ ली प्रचण्ड र देउवाको अक्षमताकै जनताको आक्रोश छ। तर, गणतन्त्रको विकल्प जनताले खोजेकै छैन। गणतन्त्र विकल्प तिनीहरूले खोजिरहेका छन् ।जसले हिजो दरबारबाट स्वार्थ लिइरहन्थे।आज तिनको रयपयल खाने बन्द भए पछि पूर्व राजालाई मोहरा बनाएका छन् ।
लिङ्देनलाई राजा देखाएर पूर्व पञ्चहरूको मत सुरक्षित गर्नुछ। प्रसाईंलाई ओ ली र प्रचण्ड विरूंद्ध प्रतिशोध साँध्नु छ। केही समय अघि आ फू राजा नभएको तर,राष्ट्रवादी भएको भन्दै प्रसाईं ज्ञानेन्द्र शाहको पनि विदेशी ३० अर्ब भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले नेतादेखि राजा कै कारण देश तन्नम भएको बताएका थिए।
यद्यपि यति उनी खाँटी राजावादी देखिएका छन् । आईतबारको भीड जम्मा पनि उनले धेरै गरेका थिए।भलै उनलाई निर्मल निवास प्रवेशमा रोक लगाईयो। उता, लिङ्देनले राजा देखाएर शक्ति आ र्जन गरिरहेका छन् ।गणतन्त्रवादी सरकारको उर्जा मन्त्री भएर उनले गणतन्त्र स्विकारेको देखिन्छ ।भलै, उनी कट्टर राजावादी भएको विश्लेषण गर्दछन्।
यी सबै कुनै न शक्ति र स्वार्थबाट परिचालित छन् ।शाहको स्वागतमा भारतका उत्तर प्रदेशका मुख्य मन्त्री फोटो अंकित व्यानरले पुष्टि गरिसकेको छ।यसर्थ यस्ता व्यापारीले उचालेकै भरमा शाह हौसिएका छन् ।पटकपटक यसरी हौसाईएपनि अन्तिममा माछा माछा भ्यागुता भएको छ। अलिक विवेकलाई छामेर हेर्ने ल्याकत भए लिङ्देन र प्रसाईंको उदेश्य सहजै थाहा लाग्छकि पूर्व महाराज ज्ञानेन्द्र शाह ?