१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

पशुपति क्षेत्रमा चलिरहेको व्यापारिक आरती धन्दा,२२ वर्षदेखि आम्दानी खर्च अपारदर्शी !


१५ श्रावण २०८२, बुधबार  


जब धर्ममा व्यापारी घुस्छ, तब पशुपति क्षेत्रमा हर सन्ध्यामा लाग्ने सन्ध्याकालीन आरतीको जस्तै हालत हुन्छ।

विश्वका हिन्दुहरूको आस्थाको धरहरा पशुपतिमा लगाइने आरतीबाट संकलित रकमको आम्दानी खर्च अपारदर्शी छ।

आरतीमा आयोजकहरूले गर्ने व्यवहारले पनि हरेक भक्तजनलाई खिन्न बनाउँछ। धार्मिक धरोहरमा भइरहेको यस्तो खुलेआम व्यापारको विषयमा राज्य पूरै मौन छ।


यहाँ यसरी आरती चलिरहेको छ। जहाँ यसको न त कुनै वैधानिकता छ, न पारदर्शिता, न जवाफदेहिता नै। पशुपति क्षेत्र विकास कोषसंग कुनै अनुमति वा समझौता पनि छैन।

तर, आर्यघाटमा वर्षौंदेखि आरती कार्यक्रम निर्वादरूपमा सञ्चालन हुँदै आएको छ। चन्दा, टिकट, विशेष आरतीको नाममा उठाइने लाखौं रुपैयाँ कताबाट आउँछ, कहाँ जान्छ – कसैलाई जवाफ दिनु पर्दैन। त्यसको हिसाब किताब अहिलेसम्म सार्वजनिक भएको छैन र गरिन्न पनि।

धार्मिक पवित्रता माथि भइरहेको यस्तो खुले आम लुट धन्दाको विषयमा कोही बोल्न आँट गर्दैन ।यहाँ चलिरहेको आरती २०६४ साल साउन २१ सोमबारदेखि शुरू गरिएको हो। करिब २२ वर्षदेखि निर्वादरूपमा आरतीको नाममा धन्दा चलेपनि यसको पारदर्शिताको विषयमा कसैले प्रश्न उठाएको छैन।

आफूलाई धर्मको ठेकेदार ठान्नेहरू पनि यस्तो धन्दाप्रति मौन बस्नुले थप रहस्यमय बनेको छ।धर्मका नाम पैसा बटुलिएको छ भने आरतीका नाममा नाचगान, डम्फु, बासुरी, चर्को ध्वनिबाट पशुपतिमा आयोजकहरूको व्यापारिक बर्चस्व चलिरहेको छ।

वैदिक परम्परा अनुसार आरती एक आत्मशुद्धिको आध्यात्मिक प्रक्रिया हो, तर अहिले पशुपतिमा त्यो तमाशा, मनोरञ्जन र व्यापारको रंगमञ्च मेला महोत्सव जस्तो भएको छ।हरेक दिन चल्ने यस्ता व्यापारिक आरतीको विषयमा एक गुरु भन्छन् –
“आरतीमा माइक, बाजा र भीड होइन – ध्यान, स्तुति र साधना हुनु पर्थ्यो। अहिले पशुपति क्षेत्र एक सस्तो मेलामा परिणत भएको छ।”

धार्मिक स्थानमा शोक र श्रद्धा लिने ठाउँमा अहिले रमाइलो मेला जस्तो चर्को ध्वनि बजिरहेको छ। आर्यघाटमा अन्त्येष्टि गर्न आउने मलामीहरू आफ्नो पीडालाई शान्त वातावरणमा पोख्न पनि सक्दैनन्, उनीहरू कर्कस आवाजले दिक्क बनाउने गरेको दुखेसो गर्छन् ।

पशुपति क्षेत्रको संरक्षण तथा उननयन गर्ने निकाय पशुपति क्षेत्र विकास कोष हो।तर, कोष आफै बेहोसमा छ। यश विषयमा सामाजिक अभियान्तहरू प्रश्न गरेका छन् ।यश विषयमा कोषका
निमित्त सदस्य सचिव शुभाष चन्द्र जोशीले आश्वासन दिएपनि कार्यन्वयन गर्न नसकेको अभियान्ताहरू बताउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ८ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित