११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कुलिङ अफ पिरियडमा जालझेल गर्ने रामहरि खतिवडाले अन्ततः दिए पदबाट राजिनामा


२८ श्रावण २०८२, मंगलबार  


प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा नैतिक रूपमा जिम्मेवारी लिँदै मंगलबार पदबाट राजीनामा दिएका छन्।

उनले प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

उनले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा देशभक्तिलाई दण्डित गर्ने प्रचलन नेपालमा काजी भीम मल्लकै पालादेखि रहिआएको भनेको उद्धृत गर्दै आफू पनि त्यही श्रृंखलामा एक अर्को पात्र बनेको बताए। ‘म कृष्णप्रसाद भट्टराईको अनुयायी हुँ, पदलाई भन्दा प्रश्नलाई बढी महत्त्वपूर्ण ठान्छु,’ उनले भने।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका हिसाबले आफूले जिम्मेवारी लिँदै हाँसीहाँसी राजीनामा दिएको उनले प्रतिनिधिसभा बैठकमा बताए। उनले यस प्रकरणमा आफूलाई नखाएको विष लागेको पनि बताएका थिए।

कुलिङ अफ पिरियडमा प्रतिनिधिसभाका सांसदहरूले पनि गल्ती हेर्न नसकेको उनले बताए।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  ५ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित