जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष विवेक श्रेष्ठले समितिको जग्गा अबिलम्ब खाली गराउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
उनले समितिको नाममा रहेको जग्गा विभित्र मितिमा विभित्र समूहले अतिक्रमण गरेकोले खाली गराउनका लागि स्थानीय प्रशासनलाई सघाउन समेत आग्रह गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले जिल्ला खेलकुद विकास समितिको नाममा रहेका ४५ विगाह जग्गा अतिक्रमण भएको बताएका छन् । जिल्लाको खेल विकास र उनयनका लागि रहेको जमिन पनि सुकुम्बासी ,भूमिहिन र अव्यवस्थित बस्तीका नाममा अतिक्रमण गरिएकोप्रति सबैको ध्यान जानू पर्नेमा अध्यक्ष श्रेष्ठको भनाइ छ।
दाङ जिल्ला खेलकुद विकास समिति लगायत विभित्र सरकारी कार्यालय , शैक्षिक संस्था र धार्मिक संस्थाहरूको जग्गा समेत अतिक्रमण गरिएको छ।
राजनीतिक पहुँचका आ धारमा जग्गा कब्जा गर्ने अन्तमा बेचबिखन गर्ने सम्मका धन्दा हुने गरेको पाइएको छ। सरकारका अनुसार देशभर ८ हजार बिगाह बढी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएको छ।








