दाङको घोराही उपमहानगरपालिकाका वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकामा कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ।
पक्राउ पर्ने अन्यमा घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेज प्रसाद आचार्य छन्। प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरेको बताएको छ।








