१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

डुङ्डुङ्ती गन्हाउने ओली सरकारकाे “मधुमास”


९ कार्तिक २०८१, शुक्रबार  


भ्रष्टाचारकाे फाईलले तर्सिएर सत्ता लेनदेनमा गठित एमाले – कांग्रेस गठबन्धन सरकारले भरखरै सय दिन पूरा गर्याे।सरकारकाे सय दिने अकर्मण्यतालाई सहयात्री विजातिय देउवाले निकै तारिफ गरे।

जनता भ्रष्टाचार र कुशासनले निस्सासिएर आगाे बनेर विस्फोट बन्ने स्थितिमा पनि प्रधानमन्त्रीकाे पालाे कुरिरहेका देउवाले ओली सरकारकाे गुनगान गरेर फेरि नालायकी प्रस्तुत गरे।

आफू मात्रै प्रधानमन्त्री बन्नुलाई लाेकतन्त्र मान्ने र ठान्रे जनीतिकरूपमा विरामी देउवालाई ओली नेतृत्वको नालायकी सरकार काबिल लाग्नु अस्वभाविक पनि हाेईन।किनकि राजनीतिक रूपका चाेर र डाँकाहरूकाे चरित्र यस्तै नै हाे।

विवादास्पद व्यापारी तथा भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङबाट दान वापत एमालेले लिएको १ अर्बकाे घर जग्गा विषयमा पनि प्रधानमन्त्रीकाे पालाे कुरिरहेका देउवाले एक शब्द खर्चिएनन्। बरू थाहा नपाए झै गरी भ्रष्ट ओली सरकारकाे बचाउ गरे। हुन त काले काले मिलेर खाउँ भालेकाे सिद्धान्तबाट सत्ता दाेहन गर्दै उनीहरूका लागि याे कुरा नाैलाे पनि हाेईन।

राजनीतिक मधुमासलाई सरकारकाे पायन नाप्ने मानक मानिन्छ । अवस्था हेर्दा२ ०८१ असार २८ यता सरकारकाे पायन अर्थात पत्याईहाल्ने स्थिति देखिन्न। असार १५ काे दही च्यूराकाे शुभसाईतले भयानक भ्रष्टाचार काण्डमा हत्कडी लगाउन सुरक्षित बनाएपनि जनतामा कुनै भराेसा दिन सकेन सरकारले । सरकारकाे सय दिनका कथा कहानी जतिसुकै काेेरिएपनि कतै आशा र भराेसा भर्न सकेन, बरू, जनतामा असन्तुष्टिकाे आगाे फैलिएको छ,जनता भ्रष्ट शासनले झन् पछि झन् आक्राेशित भएका छन् ।

सत्ता पक्षकाे नालायकीपन र भ्रष्ट शासनले आजित जनता प्रतिपक्षसंग पनि त्यत्ति आशावादी देखिन्नन् । प्रतिपक्ष कम दागी भए पनि माफिया पाेस्ने सरकारकाे भण्डारफाेर गर्न खासै सकेको छैन । दुर्गा प्रसाइ जतिकाे पनि हुति देखाउन सकेको छैन। १२ लाख मतदाता भएको माओवादी पार्टी भित्र- भित्रै देउवालाई फकाएर पुरानो सत्ता मिलिभगत गराउनेतिर उद्दत देखिन्छ । ओली- देउवाका विजातिय राजनीतिक सम्बन्ध र देश लुट्ने सजातीय सम्बन्ध भत्काउने अनि फेरि सत्तामा फर्किने ध्याउन्नमा उ देखिन्छ ।

यद्यपि असाेज १० मा भ्रष्टाचार विरूद्ध सडक आन्दाेलन भनेर ओली सरकारलाई ‘पख’ भनिरहेकाेे छ।राजनीतिक ईमानदारिता र नैतिक धरातल त्यति बलियो नभएको प्रतिपक्षले विद्रोहकाे आगाे सल्काउन र भ्रष्ट शासन पल्टाउन सक्ने हुति र ल्याकत देखाउन त सक्दैन।याे कुरा पक्का हाे ।

तर,ओली स्वेच्छाचारीता र लुटपाटमा केही प्रभाव भने अवस्य छाेड्नेछ, र छाेड्नुपर्छ।यही प्रभावमा उसले बरू बार्गेनिङ पावर बढाएर लेनदेनमा चित्त बुझाउने देखिन्छ । कमजोर प्रमुख प्रतिपक्ष माओवादीले भ्रष्ट सरकारबाट जनतालाई मुक्ति दिलाउन सक्ने कतै भराेसा भर्ने छाँटकाट देखिन्न।

सय दिनकाे उपलब्धिकाे जे जति बेली विस्तारकाे कहानी लगाएपनि जनताले पत्याएनन् । सत्तामा उक्लिएदेखि काठमाडौका मेयर बालेन साहसंग पङ्गा खेल्नु, उद्योगी नामका माफियालाई २२ अर्बकाे विद्युत बक्यौता मिनाह गराउन कुलमान हटाउन लागि पर्नु अनि सहकारी ठगीमा रविलाई जेल पठाउन बाहेक नाैलाे काम नगरेको ओली सरकारले भाटभटेनीबाट १ अर्बमा जग्गा र घर दान लिएर उपलब्धि ठानेकाे छ। सहकारी ठगीमा नाम पाेलिएका एमाले नेता तथा प्रतिनिधि सभाका लेखा समिति सभापति ऋषिकेश पाेखरेल र कांग्रेस उपसभापति धनराज गुरूङलाई झ्यालखाना पठाउनु पर्नेमा उल्टाे संरक्षण गरिरहेकाे छ। विवादास्पद सञ्चार उद्ममी रामेश्वर थापाकाे सल्लाहमा बनेको एमाले – कांग्रेस गठबन्धन प्रति घृणा र आक्राेशकाे तापक्रम झनै बढेको छ।

याे सरकारकाे सय दिन काठमाडौ महानगर प्रमुख बालेन्द्र साहसंग पङ्गा खेल्दै वित्याे, भने पछिल्लो समय सहकारी मुद्दामा रवि लामिछानेमाथि प्रतिशाेधपूर्ण देखिन्छ ।कानुनी हिसाबले बचतकर्ताकाे बचत रकम अपचलन गरेकोमा रविमाथि कार्बाही हुनु कदापि गलत हाेईन।तर,जाे चाेर उसैको ठूलो स्वर भने सरकार भ्रष्टहरूकाे चाैताराेमा बसेर रविलाई मात्रै सहकारी ठग भनिरहेको छ।

देउडा मेलामा सरकार असन्तुष्टि राख्दा सचेत युवामाथि झुठा मुद्दा लाग्याे, अकारण हत्कडी लाग्याे। ओलीकाे याे ज्यादतीलाई देउवाले सफलता देखे र बालुवाटार छिर्ने दिन गनिरहे।

ओली सरकार आफै नाङ्गै भएर अरूलाई नाङ्गै देखिरहेछ।सरकारकाे यहीँ प्रवृत्तिले जनतामा थप नैराश्यता र राेष बढेको छ।दुई दिनकाे झरीमा समेत जनतालाई सुरक्षित राख्न नसक्ने सरकारसंग अपेक्षा भन्दा पनि ठूलो असन्तुष्टि छ।यद्यपि जनतामा बढ्दै गएको याे असन्तुष्टि नयाँ भने हाेईन ।एक सय दिनकाे मधुमास मनाएको सरकारका कुकर्मले सडक विस्फोट हुने अवस्थामा पुगेको छ। जुन दिन जन विश्वास गर्ने नायक आउनेछ, त्यसदिन ओली – देउवा जस्ता भ्रष्टहरू श्रीलंकाका शासकहरू जस्तै भाग्ने छन्।भ्रष्टाचारकाे फाईलले तर्सिएर महाभ्रष्टहरूकाे याेजनामा बनेको सत्ता गठबन्धनले संविधान संशोधन पनि गरेन,संघीयताको नामकाे सेताे हात्तीले देश लुटिरहेपनि त्यस विषयमा एउटा सिन्काे भाँचिएन। जनताले संविधान संशोधनबाट वाक्कदिक्क लाग्ने प्रदेशको खारेजी हुनेछ ,शासन व्यवस्था सानाे र चुस्त हुनेछ भन्ने आशा गरेका थिए।तर,

ओली सरकार माफियालाई विद्युुत बक्यौता मिनाह गर्न २० लाख विपन्न सरकारलाई महशुल तिराउन,भाटभटेनीका दान हत्याउन र दर्जनाै राष्ट्रिय उद्योग बेच्न र मेयर बालेनसंग पङ्गा खेलेर डुङ्डुङ्ती गन्हायाे, निर्वस्त्रै नाङ्गियाे, तर,ओली – देउवा कम्पनीले रत्ति लाज मानेन।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ०३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित