२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

महंगो शुल्कले पनि प्रभाव पारेन धरहरा चढ्नेलाई, उस्तै छ, भीड !


९ मंसिर २०८१, आइतबार  



धरहरा चढ्न सरकारले मूल्य तोकेपनि धरहरामा भीड भने उस्तै लागेको छ।सरकारले आजदेखि धरहरा चढ्न शुल्क लागू गरेको हो । नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेककालाई एक हजार शुल्कसहित धरहरा खुलेको हो । 

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् एक सयमा टिकट पाउने भएका छन् ।

यसअघि संविधान दिवसको दिन असोज ३ गतेदेखि परीक्षणस्वरूप निःशुल्क धरहरा खुला गरिएको थियो, तर गएको बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा प्रवेशमा शुल्क लिने निर्णय गरेको थियोे ।
 विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९२०८१ मंसिर ९ गतेदेखि सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको थियो । 

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार सशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको हो। यश अघि काठमाडौ महानगरले धरहरा अन्डरग्राउण्ड निशुल्क गरेको थियोे ।सरकारले ठेक्का दिएर पैसा असुल्ने गरि प्रक्रिया अघि बढाएको देखिन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित