२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

पहिरोमै कहाँ हराए, ती ६५ जना यात्रु ?


२८ असार २०८१, शुक्रबार  


घनघोर झरी लागिरहेको थियो र छ अहिले पनि देशभर उस्तै । यस्तो प्रतिकूल मौसममा यात्रु लिएर हिडेका दुइवटा बस खसे त्रिशुलीमा बिहानै ।गन्तव्यमा पुग्ने र आफन्तलाई भेट्ने सपना र योजना लिएर हिडेका उनीहरु एकाएक बेपत्ता भए, प्रकृतिको निर्दयी वितण्डाले । बिहानीको समय ३ः३० तिर हुँदो हो, जतिबेला सडकमाथिबाट खसेको लेदो सहितको पहिरोले बगाउँदा उनीहरु बेपत्ता भए। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा ती बसका चालकसहित ६५ जना बेपत्ता भएको प्रहरी बताउँछ ।

उनीहरुको खोजीकार्य गर्न भन्दै दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज उद्दार कार्यमा छ । सशस्त्र प्रहरी बल नेपालका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापा भन्छन्, “घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना टोली परिचालन गरिएको छ।”

प्रहरीले हामीलाई जानकारी दिए अनुसार ती त्रिशुलीमा खसेका बस मध्ये आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।दुघर्टना भएको खबर पाए लगत्तै उद्दार टोली घटनास्थलमा पुगेपछि अहिलेसम्म खोजी कार्य भइरहेको छ। यो सामग्री तयार पार्दासम्म घटनास्थलबाट कसैको उद्दार गर्न सकिएको छैन ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित