राज्यकाे संयन्त्र लगभग असफल भाे,प्राकृतिक विपत्तिमा ।राजधानीमा झरीका कारण ३७ जनाकाे ज्यान गयाे।सिहदरबारकै अगाडि मान्छे अनाहकमै ज्यान गुमाए।
राज्यले आफ्ना नागरिक बचाउन सकिन।उद्दार सम्बन्धि संयन्त्र र जनशक्ति नभएको पनि हाेईन। माथिको आ देश कुर्ने परिपाटीले समयमा उद्दार नहुँदा मानवीय क्षति धेरै भाे।
तर, एकजना साहसी व्यक्तिले ज्यानको बाजी राखेर दुई जनाकाे ज्यान बचाए। ती बहादुर र साहसकाे नायक हुन्, चणिकलाल तामाङ । उनै चणिकलाले शनिबार बिहान नक्खु खाेलामा बग्दै गरेका दुई जनालाई उद्दार गरेर अस्पताल पुराए।
तामाङले हिजो (शनिबार) ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुमार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेल उत्रिएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।
‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरूको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशविदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको बताए ।
काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् । उनका दाइ तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।
सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुसी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उनले बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको पनि स्मरण गरे।
उनै तामाङले कुनै श्राेत साधन विना पनि विपतमा परेकाकाे उद्दार गरेको भन्दै सवर्त्र चर्चा छ। उनले देखाएको उच्च मानवीय कार्यप्रति सञ्जाल र समाजमा चर्चा चुलिएकाे हाे।यति ठूलो मानवीय काम गरेपनि सरकारले उनको विषयमा मुख खाेलेकाे छैन।
भाेजपुरका ३५ वर्ष हराएर भेटिएका प्रकाश तामाङकाे विषयमा निकै समय खर्चेेकाे सरकार चणिकलाल जस्ता नायककाे प्रशंसा गर्न कन्जुस्याइँ गर्नु राजनीतिक पूर्वाग्रह भएको टिप्पणी पनि हुन थालेको छ।