२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

चालू आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह घट्यो


२८ मंसिर २०८१, शुक्रबार  


चालू आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह घटेको छ। पछिल्लो समय बैंकहरूलाई कर्जा प्रवाह घटेपछि बैंकलाई लगानी गर्न गाह्रो भइरहेको छ ।

सस्तो ब्याजदर हुँदा पनि कर्जा प्रवाह गर्न बैंकहरू हम्मेहम्मे परेको छ । त्यसैको नतिजा निजी क्षेत्रमा जाने कर्जा समेत घटेको छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ४१ खर्ब ३८ अर्ब ४५ करोड ६० लाख रुपैयाँ कर्जा निजी क्षेत्रमा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकले ४२ खर्ब ३३ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ कर्जा निजी क्षेत्रमा प्रवाह गरेका थिए । यसरी हेर्दा बैंकहरूले निजि क्षेत्रमा प्रवाह गरेको कर्जा २.२५ प्रतिशतले घटेको छ ।

निजी क्षेत्रमा प्रवाह गर्न कर्जामा ग्लोबल आईएमई बैंकको सर्वाधिक घटेको छ । गत आर्थिक वर्षको तुलनामा यो बैंकको यस्तो कर्जा प्रवाह ५२.९० प्रतिशतले घटेको छ । यो बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा १ खर्ब ६९ अर्ब ७८ करोड ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ६० अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सर्वाधिक ३ खर्ब ८१ अर्ब ९१ लाख रुपैयाँ कर्जा निजी क्षेत्रमा लगानी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ५२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको थियो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट पनि निजी क्षेत्रमा सर्वाधिक कर्जा प्रवाह गर्ने बैंकको दोस्रो सूचीमा छ । यो बैंकले पनि ३ खर्ब ३२ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

कुमारी, लक्ष्मी, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, नेपाल बैंक र सिद्धार्थ बैंकले २ खर्बभन्दा बढी कर्जा निजी क्षेत्रमा प्रवाह गरेका छन् ।

अन्य बैंकको कर्जा २ खर्बभन्दा तल छ । यस अवधिमा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८० अर्ब ५९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ३ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित