३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

वीरगञ्जमा “अवैध कर” नउठाउन वडाध्यक्ष छतकुलीको माग


३ श्रावण २०८१, बिहिबार  


नोभा ट्रेडिङले वीरगन्ज महानगरपालिकाभित्र कर शुल्क मनपरि उठाइरहेको पाइएकोे छ। महानगरका विभिन्न ठाउँहरुमा ढाट राखि सवारीसाधनहरुबाट अवैध रुपमा कर असुली गरेको पाइएको हो । ठेक्का सम्झौता अनुसार प्रति लोड ढुवानीका साधनहरुबाट रु ३४९ लिनुपर्नेमा कम्पनीले भारतीय रुपैया ३५०असुल्दै आएको चालक जवाहिर मियाले बताए । उनी भन्छन्,”वीरगनञ्ज महानगरपालिकाको आईसीपी , बहुअरी चौक , हरपतगञ्ज, परवानिपुर लगायतको विभिन्न ठाँउँहरुमा ढाट राखी भारतीय सवारीसाधनहरुसंग ३४९ रुपैया लिने ठाऊमा भारु ३५० लिने गरिएको छ।” यसरी नियम विपरीत कर ढुवानीका साधनहरुसंग कर असुलिएको भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १७का वडाध्यक्ष सञ्जु छट्कुलीले कडा आपत्ति जनाएका छन्।

तोकिएको मूल्य भन्दा बाहिर गएर रकम असुली गरिएकोले वीरगञ्ज महानगरपालिकाको वडा नं१७ अलौं स्थित आइसिपी रोडबाट सवारी करको ढाट हटाउन वडाध्यक्ष सञ्जु छतकुलीले जोडदार माग समेत गरेका छन्। वडाध्यक्ष छतकुलीले गएको मंगलबार आइसिपी रोड मै पत्रकार सम्मेलन गरेर माग गरेका हुन्। उनी भन्छन्, “आइसीपी रोडमा बस, ट्रक लगायतका हेभी गाडीहरु रोकेर सवारी कर उठाउँदा थप दुर्घटना बढ्दै गएको छ। ठेकेदारले सवारी कर उठाउने भए आइसिपी रोडबाट अरु ठाउँमा स्थानान्तरण गरेर उठाउँदा हुन्छ।”


यता नोभा ट्रेडिङ्गले भारतिय नम्बरको हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले तोकेको शुल्क भन्दा बढी कर उठाइरहेको सवारी चालकहरुले गुनासो गरेका छन् । हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करको नाममा रकम असुल्ने गरेको बताएका छन्। कहिले काँही रसिद दिएको भन्दा पनि बढी रकम लिने गरेको उनीहरुको भनाइ छ। वीरगन्ज महानगरपालिकाको बोर्डको निर्याण अनुसार लोड रहेको सवारी साधनहरुलाई मात्र रसिद काटन नियम भएपनि ठेकदारहरुले दादागिरीशैलीमा खालि गाडीसंग पनि रकम असुल्ने गरेको उनीहरु बताउँछन् । यस विषयमा स्थानीय प्रहरी प्रशासनलाई पनि राम्रोसंग जानकारी नभएको होइन।तर, ठेकेदारको दादागिरीका अघि उनीहरु निरीह जस्तै देखिने गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : १० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित