सुगमदेखि दुर्गमसम्म आफ्ना शाखा विस्तार गरेको यस बैक लिमिटेडले २५ सय कर्मचारीको माध्यमबाट जनतालाई बैकिङ सेवा दिदै आएको छ। सुरुमा पाँच करोडको अधिकृत पूँजीबाट सेवा प्रारम्भ गरेको बैकको यतिबेला जारी पूँजी १८ अर्ब ८८ करोड ४३ लाख बढी छ। खेतदेखि जेटसम्म कर्जा लगानी गरेको बैकको समग्र विषयमा हामीले यस बैकका प्रवक्ता हिमलाल पौडेलसंग कुराकानी गरेका छौ:-
कृषि विकास बैक किसानका लागि के गर्दैछ ?
-हामी कृषिको व्यवसायीकरणबाट मुलुकको समग्र आर्थिक रुपान्तरण गर्ने उदेश्यले स्थापना भएका हौ। आज हाम्रो कर्जा प्रवाह ३३ प्रतिशत बढी त कृषिकै क्षेत्रमा छ। बैकिङ विकाससंगै बढेका आवस्यकताले अन्य क्षेत्रमा पनि कर्जा प्रवाह नभएको होइन। हामी खेतदेखि जेटसम्म पुगेका छौ । यसको अर्थ यो होकी हामीले पहिलो प्राथमिकतामा राखेको क्षेत्र कृषि नै हो । मिति २०२४ साल माघ ७ गते कृषि विकास बैकको स्थापना भएको थियो । कृषि क्षेत्रको माध्यमबाट समग्र देशको आर्थिक उन्नती गर्ने उदेश्यले स्थापना भएको थियो। त्यो उदेश्य र संकल्पबाट हामी निर्देशित छौ । २५ सय कर्मचारीको माध्यमबाट सुगमदेखि दुर्गमममा पुगेका छौ, कस्तो कठिन परिस्थितिमा पनि हामी किसानसंगै रह्यौ ,अहिले पनि उस्तै प्राथमिकतमा छन्, किसान । २७१ शाखा,प्रदेश १० वटा २८२ शाखा र चारवटा तालिम केन्द्र रहेका छन्।हाम्रो करिब ६ दशक लामो यात्रा छ। हाम्रो यो यात्राको मुख्य ध्येय नै कृषिको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्दै कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्नु हो । कृषिमा प्रविधिको उपयोगरी किसानलाई आत्मनिर्भर बनाउन यस बैंकको स्थापना भएको हो । बैंकले कृषिलाई सधैं उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ।
वाणिज्य बैंकले जस्तै व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गरेको छ, किन ?
-हामी जे उदेश्य लिएर स्थापना भएका थियौ, त्यही उदेश्यबाट विचलित छैनौ। बैंकले आफ्नो प्राथमिकताको क्षेत्रलाई उस्तै गरेर महत्व दिदै आएको छ। वाणिज्य बैंक भएपछि सबै क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने भएकाले त्यही अनुसार हामीले आफ्नो कर्जाको पोर्टफोलियो व्यवस्थापन गरी लगानीकर्तालाई प्रतिस्पर्धी प्रतिफल प्रदान गर्नुपर्ने भएकाले सबै क्षेत्रमा सबै किसिमको बैंकिङ कारोबार गरिरहेको मात्र हो ।यस बैंकको मूल उद्देश्य नै कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय सेवा प्रदान गर्ने हो । कृषि कर्जाको लगानी वृद्धि गर्ने नै मुख्य उद्देश्य छ । यद्यपि, पछिल्ला केही वर्षमा व्यवसायिक कृषि परि
योजना वृद्धि हुन नसकेका कारण अपेक्षित रूपमा वृद्धि नदेखिए पनि कुल कृषि कर्जा परिमाणमा यथेष्ट लगानी भएको छ। हाम्रो कुल प्रवाहित कर्जाको ३३ प्रतिशत बढी त कृषिमै गएको छ।
कृषि विकास बैक कृषकको मात्रै बैक हुन सक्तैन ?
-निश्चय नै यो बैकको उदेश्य नै कृषिको समग्र रुपान्तरण गर्न आर्थिक जोहोको सारथि हो। हामी त्यही उदेश्य लिएर स्थापना भएका पनि हौ । कृषि क्षेत्रको कुलग्राहस्र्थ उत्पादनमा झण्डै २५ प्रतिशत बढी छ। ठूलो जनसंख्या कृषिमै निर्भर भएकोले कृषिको उनयन विना आर्थिक सम्वृद्धि सम्भव छैन। तर, बदलिदो परिस्थिति अनुसार हाम्रो दायर र क्षेत्र विस्तार भएको हो। हामी किसानदेखि कर्पोरेट हाउससम्म पुगेका छौ। हाम्रा लागि सबै ग्राहक एकै हुन्। हामीले परियोजना अनुसार हजारदेखि अर्बको कर्जा प्रवाह गरेका छौ ।हाम्रो गएको साल २०८० फागुनमहिनासम्म बैंकको कुल कर्जामध्ये दोस्रोमा व्यवसाय र तेस्रोमा उपभोग्य वस्तुमा प्रवाह भएको छ । यही अवधिमा प्रवाह भएको कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ४६.३५ प्रतिशत खाद्यान्न बाली तथा सेवा, १५.२२ प्रतिशत तरकारी उत्पादन, ९.५० प्रतिशत पशुपालन लगायतमा लगानी भएको देखिन्छ ।पछिल्ला वर्षमा व्यावसायिक कृषिमा नवीनतम् प्रविधिको प्रयोग गरिरहेका छौं । बैंकले पनि कृषिलाई आधुनिकीकरण गर्ने तथा प्रविधियुक्त गर्ने सन्दर्भमा आवश्यक पर्ने लगानीतर्फ कर्जा प्रवाह वृद्धि गरिरहेको छ । साथै कृषकलाई व्यावसायिक रूपमा डिजिटल प्रविधिसँग जोड्न बैंकले किसान कार्ड तथा किसान एप पनि सञ्चालनमा ल्याएको छ ।
कृषि विकास बैक लिमिटेडको पछिल्लो अवस्था कस्तो छ ?
-विक्रम सम्वत २०२४ सालमा ५ करोड अधिकृत पूँजीबाट स्थापना भएको यस बैकको यतिबेला जारी पुँजी करिब १९ अर्बको हाराहारीमा पुगेको छ। देशभर २८१ शाखा, प्रदेशमा १० वटा र चार तालिम केन्द्र भएको यस बैकमा २५ सय कर्मचारी कार्यरत छन्। यीनै कर्मचारी मार्फत हामी खेतदेखि जेटसम्म पुगेका छौ । बदलिदो परिस्थिति अनुसार बैकले आफ्नो क्षेत्र र दायरा फराकिलो बनाएको छ। सरकारको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारण शेयर भएको यस बैक लिमिटेडको रुपमा विकास भएको छ। हाल कृषि विकास बैंक लिमिटेड, पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनी ऐन, २००६ अन्तर्गत दर्ता भएको र नेपाल राष्ट्र बैंकबाट २००६ देखि ‘क वर्ग वित्तीय संस्था’ को इजाजतपत्र प्राप्त संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ ।
स्थापनाकालदेखि नै कृषि विकास बैंकले मुलुकका प्रमुख ग्रामीण क्षेत्रमा ऋण प्रवाह गर्ने संस्थाका रूपमा काम गर्दै आएको छ । करिब ६ दशक लामो गौरवमय इतिहास बोकेको यस बैक मुलुककै अग्रणी वाणिज्य बैक हो । यस बैकसंग २० लाख ग्राहक जोडिएका छन्। यस बैकले प्रवाह गरेको कुल कर्जा मध्य झण्डै दुइ खर्ब कृषि कर्जाको रुपमा गएको छ।
कृषि विकास बैक लिमिटेड आगामी दिनमा कसरी अघि बढ्दै छ ?
-यस बैकले अउदो पाँच वर्षका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरे अघि बढ्दैछ। बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई मध्यनजर गरी बैंकिङ प्रविधिमा भइरहेको विकासलाई आत्मसात् गर्दै ग्राहकलाई नवीनतम् प्रविधिको प्रयोगबाट छिटोछरितो बैंकिङ सेवा प्रदान गर्नु हो । मानव संशाधन, बैंकिङ प्रविधि, व्यावसायिकता, ग्राहक सेवा पालनामा समयसापेक्ष रूपान्तरण गरी व्यावसायिक लक्ष्य हासिल गर्ने हो ।
कृषि कर्जामा पनि पहुँचवालाकै दबदबा छ भनिन्छ नि ?
– होइन, हामीले हामीलाई तोकिएको कार्यविधि अनुसार कर्जा प्रवाह गर्ने अधिकार छ, कृषि क्षेत्र होस्, या गैर कृषि क्षेत्रमा कर्जा प्रवाह गर्दा परियोजना हेरेर दिने हो। परियोजना अनुसार धितोको मूल्यांकन हुन्छ। हामीले पनि निक्षेप संकलन गरेर त्यही निक्षेपलाई कर्जाको रुपमा प्रवाह गर्ने हो । यसमा सरकारको मात्रै लगानी छैन, ४९ प्रतिशत त सर्वसाधारणको शेयर छ, उनीहरुले पनि लाभांश पक्कै खोज्छन्, किनकी लगानी गर्नुको अर्थ नै आम्दानी हो । बैक पनि लगानी गरेर आम्दानी गर्ने उदेश्यले स्थापना भएको हो । कसैको पहुँच र दबादबाले यहाँ काम गर्दैन, ती बाहिर भनिएका भाष्य मात्रै हुन्। हामी किसानका सारथी हो, हामी किसानदेखि कर्पोरेट हाउससम्म जोडिएका छौ, १२ लाख बढी ग्राहक हामीसंग जोडिनु भएको छ। लामो गौरवमय इतिहास बोकेको कृषि विकास बैक देशकै अग्रणी बैक भएकोमा दुईमतै छैन ।
कृषि तथा गैर कृषि क्षेत्रमा कति प्रवाह भएको छ ?
-गएको २०८० साल फागुन महिनासम्म सबै बैंक तथा वित्तीय संस्थाले ४ खर्ब १५ अर्ब रुपैयाँ कृषि कर्जामा प्रवाह गरेका छन। यो अवधिमा प्रवाह भएको कुल कर्जाको ८ प्रतिशतभन्दा केही बढी हो । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८१ असारसम्म कुल कर्जाको ११, २०७२ सम्म १२, २०८३ सम्म १३ र २०८४ सम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने छ । यद्यपि, हाल कृषि विकास बैंकले कुल कर्जाको ३३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको छ । आर्थिक वर्ष २०६३÷६४ मा यो अनुपात कुल कर्जाको २९ प्रतिशत थियो । हामीले अहिले कृषि क्षेत्रमा करिब दुइ खर्ब कर्जा प्रवाह गरेका छौ। वाणिज्य बैक भैसकेपछि गैर कृषि क्षेत्रमा ६७ प्रतिशत कर्जा प्रवाह गएको देखिन्छ। तर, हामी हाम्रो प्राथमिकताको क्षेत्रलाई केन्द्र विन्दुमै राखेर काम गरिहेका छौ ।
बैकिङ सुशासनको समस्या निकै दोहोरिन्छ, यहाँहरुको बैंकमा सुशासनका कुरा के छ ?
-कृषि विकास बैक अग्रण वाणिज्य बैक हो, जारी पूँजी ठूलो रहेको बैकले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा दिएो छ, भने कर्जा प्रवाह पनि ठूलो छ। कर्जा जोखिमको सवालमा हामी निकै सुरक्षित छौ, कुल कर्जाको हिसाबले ३ प्रतिशतको हाराहारीमा रहेकोबाट पनि प्रष्ट हुन्छ। बैकिङ सुशासन पनि प्रभावकारी छ, भन्ने कुरा । राष्ट्र बैकको एकीकृत निर्देशनको हामी पूर्ण पालना गरेका छौ, हामीलाई ग्राहकलाई सहज र छिटो कर्जा प्रवाह गर्नका लागि दत्तचित्त छौ। हाम्रो कर्मचारी संयन्त्र पनि निकै गतिशील छ। जसको कारण लाखौ ग्राहकको मन जित्न हामी सफल भएका छौ ।
अन्तमा,
-कृषि विकास बैक, कृषककै लागि स्थापना भएको हो । बैकका आफ्नै नियम र मान्यता हुन्छन्, ती मान्यता अनुसार कर्जा प्रवाह गर्दै आएको छ र गर्छ पनि । त्यसका लागि कसैको प्रभाव र दबाब भन्ने हुँदैन । देशभर हाम्रो २७१ शाखाहरु रहेका छन्। केन्द्रीय कार्यांलय छ। हाम्रा यी संगठनात्मक संरचनाबाट हामीले हाम्रो उदेश्य पूरा गरिरहेका छौ र गर्नेछौ ।